Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइ–सेवा र पश्चिमाञ्चल होटल संघ पोखराबीच सम्झौता

इ–सेवा र पश्चिमाञ्चल होटल संघ पोखराबीच सम्झौता


काठमाडौं ।
इ–सेवा र पश्चिमाञ्चल होटल संघ पोखराबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसिपका लागि सम्झौता भएको छ । योसँगै अबदेखि पोखराका होटलमा बस्दा नगद बोक्नुपर्ने झन्झटबाट समेत मुक्ति मिलेको छ । बुधबार पोखरामा एक कार्यक्रमका बीच इ–सेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछाने र पश्चिमाञ्चल होटल एसोसिएसनका अध्यक्ष विकल तुलाचनले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार संघ र यसअन्तर्गतका सदस्य होटलहरुले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्यूआर कोडसम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्नेछन् भने फोनपेले इ–सेवालगायत आफ्ना अन्य कम्पनीमार्फत पोखराको पर्यटन प्रवर्द्धनमा सघाउनेछन् । कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख ईश्वरी प्रसाद भट्टराईले गरेका थिए ।

कार्यक्रममा भट्टराईले जनताको तल्लो तहसम्म क्यूआर कोडजस्ता प्रविधिलाई पु-याइनुपर्ने र यसका लागि राष्ट्र बैंकले समेत प्रोत्साहन गरिरहेको बताए । सस्तो, सुलभ र निःशुल्क इन्टरनेटजस्ता विषयले मात्र डिजिटल भुक्तानीलाई बढावा दिन सकिने भन्दै उनले टेलिकम कम्पनीहरूसँग छलफल भइरहेको समेत बताए । इ–सेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले संघले सञ्चालन गरेको जाऔँ है पोखरा अभियानलाई थप अगाडि बढाउन र पोखरालाई डिजिटल सहरका रूपमा अगाडि बढाउन आफ्नो कम्पनी र समूहका तर्फबाट पूर्ण सहयोग रहने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया