Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो एफ१९ प्रो सार्वजनिक

ओप्पो एफ१९ प्रो सार्वजनिक


काठमाडौं ।
ओप्पोले नेपालमा एफ१९ प्रो सार्वजनिक गरेको छ । कम्पनीले नयाँ भिडियो फिचर समेटिएको स्मार्टफोन ल्याएको हो । यसमा ४८ मेगापिक्सेलको क्यामेरासहितको क्वाड क्यामेरा सेटअप उपलब्ध छ । साथै फोनमा ३२ एमपी फ्रण्ट–फेसिङ क्यामेराको प्रयोग गरिएको छ । कम्पनीले उत्कृष्ट भिडियोका लागि हार्डवेयरका साथै सफ्टवेयर र पोष्ट प्रोसेसिङका लागि समेत राम्रो व्यवस्था गरेको जनाएको छ ।

रंगमार्फत आफ्नो रचनात्मकता भिडियोद्वारा प्रदर्शित गर्न चाहनेहरुका लागि ओप्पो एफ१९ प्रोमा मोनोक्रोम भिडियो फिचर पनि उपलब्ध छ । यसले कुनै पनि शटमा सिंगल आरजीबी रंगलाई बढावा दिनुका साथै अन्य रंगका प्यालेट्स फिल्टरआउट गरी फुटेजमा नाटकीय पन ल्याउँछ । यस्तै फोनमार्फत आफ्ना दैनिकी रेकर्ड गर्न रुचाउने भ्लगर्सका लागि ओप्पोले दुई दृष्टिकोण एकै पटक कैद गर्न सघाउने डुअल–भ्यू भिडियो फिचर पनि सार्वजनिक गरेको छ ।

साथै कन्सर्टलगायत समारोहका शट्समा स्थिरता दिन वा चहलपहलका कारण भिडियो बिग्रिने सम्भावनाबाट जोगाउन यसमा ईआईएस फिचर पनि दिइएको छ । फोटोमा उत्कृष्टताका लागि ओप्पोले डायनामिक बोके, नाइट फ्लेयर पोट्रेटलगायत इफेक्टहरु पनि फोनमा उपलब्ध गराएको छ । त्यसैगरी एआई कलर पोट्रेट, एआई ब्युटिफिकेसन २.० जस्ता फिचर्स राखेको छ । साथै, भिडियो एडिटिङमा सघाउँदै मुभि–क्वालिटी क्ल्प्सि स्वचालितरुपमा निकाल्न सघाउने लोकप्रिय फिचर, सोलुप भिडियोलाई पनि फोनमा निरन्तरता दिइएको छ ।

एफ१९ प्रोमा पनि कम्पनीले अल्ट्रा स्लिम डिजाइनलाई निरन्तरता दिएको छ । थ्रीडी कभ्र्ड ब्याट्री र ७.८एमएम अल्ट्रा स्लिम बडीसहितको यो फोनको वजन जम्मा १७२ ग्राम मात्र रहेको छ । फोनमा ०.५५ एमएम मोटाइसहितको ब्याट्री कभर र स्क्रिनबाट ताप फ्याक्नका लागि स्लिम ०.१ एमएम ग्राफाइट प्लेटको प्रयोग गरिएको छ । एफ१९ प्रोलाई कम्पनीले सन् २०२१ मा उपभोक्ताद्वारा सर्वाधिक माग गरिएका दुई ट्रेण्डसेटिङ र प्रिमियम रंगमा उपलब्ध गराएको छ । रंगलाई अझ आकर्षकरुपमा प्रस्तुत गर्नका लागि यसका लागि कम्पनीले फोनमा फ्लोइङ लाइट डिजाइन अवधारणा पछ्याएको छ ।

ओप्पो एफ१९ प्रोमा ९०.८ प्रतिशत स्क्रिन–टू–बडी रेसियो र इन–डिस्प्ले फिंगरप्रिन्ट ३.० सहितको चहकिलो ६.४३ इन्च पञ्च–होल एमोलेड डिस्प्लेको प्रयोग गरिएको छ । साथै प्रयोगकर्ताका आँखामा हुन सक्ने नराम्रो असरबाट जोगाउन यसमा ४०९६ ब्राइटनेस लेभल्ससहितको ‘अल–डे एआई आई कम्फोर्ट’ फिचर पनि दिइएको छ । यसमा प्रयोगकर्ताको रोजाइ र प्रकाशको परिवेशअनुसार ब्राइटनेस समायोजन गर्न सघाउने सनलाइट स्क्रिन पनि दिइएको छ ।

एफ१९ प्रोमा लामो समयसम्म टिक्ने ४३१०एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । साथै यसमा अल–डे स्मार्ट पावर सेभिङ फिचर पनि दिइएको छ । यो फिचरले सीपीयू फ्रिक्वेन्सी, फोनको ब्राइटनेसलगायत घटाई कल गरिरहेको, टेक्स्टिङ वा नेभिगेसन एप चलाइरहेको अवस्थामा अन्तिम पाँच प्रतिशत ब्याट्रीबाटै फोनलाई रुकावटविना चलाउन सघाउँछ ।

फोनलाई ओभरचार्जिङ हुनबाट जोगाउन यसमा ब्याट्री गार्डको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ । यसैगरी कम्पनीले एफ सिरिजका फोनमै पहिलोपटक सिस्टम परफरमेन्स अप्टिमाइजर उपलब्ध गराएको छ । ओप्पोको स्वामित्वअन्तर्गतको यो प्रविधिले १० अनुकूलन सुविधाका प्याकेज उपलब्ध गराउँदै फोनलाई लामो समयसम्म विना ल्याग सटिक कार्यप्रदर्शनीको क्षमता प्रदान गर्छ ।

यसैगरी यसमा २.२ जीएचजेडसम्म सञ्चालन हुने २ एआरएम कोरटेक्स–ए७५ प्राइम कोर्स र २.०जीएचजेडसम्म क्षमताका साथ सञ्चालन हुने ६ एआरएम कोरटेक्स–ए५५ सहितको शक्तिशाली मिडियाटेक हेलियो पी९५ ओक्टा–कोर प्रोसेसरको प्रयोग गरिएको छ । साथै गेमिङको मज्जाका लागि स्मुथ ग्राफिक्स, अप्टिमाइज्ड नेटवर्क ल्याटेन्सी र डि-याकद्वारा सञ्चारित रियल एचडी साउण्ड सुविधा पनि उपलब्ध छ । फोनलाई इन्टेन्सिव गेमिङका दौरान उत्पादन हुने तापका कारण ल्याग हुनबाट जोगाउन विशेष कुलिङ प्रणाली पनि फोनमा उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एफ१९ प्रोमा नियरबाई सेयरिङ फिचर दिइएको छ । यसको माध्यमबाट नजिक रहेका अन्य ओप्पो प्रयोगकर्ताहरुलाई सिधै डकुमेन्ट्स सेयर गर्न सकिन्छ । त्यसैगरी स्क्रिनशट्स लिन र त्यसमा रहेको कन्टेन्टलाई गुगल लेन्समार्फत तत्सम अनुवाद गर्न थ्री–फिंगर ट्रान्सलेट फिचर पनि दिइएको छ । यसमा गोपनीयता र सुरक्षाका लागि डाटा रिट्रिभ (पुनर्प्राप्ति) तथा अनावश्यक व्यक्तिको पहुँचबाट जोगाउन विशेष फिचर्सको व्यवस्था गरिएको छ ।

फोन राखेको स्थान बिर्सिने तथा हराउने सम्भावना बोकेका मानिसका लागि यसमा व्यक्तिगत मिडिया तथा फाइल्सका लागि ओप्पोको प्राइभेट सेफ सुविधा पनि उपलब्ध छ । प्राइभेट सेफको माध्यमबाट हेट्याप क्लाउड एक्सेस गरी हराएको फोनमा रहेका आफ्ना व्यक्तिगत डाटा पुनः प्राप्त गर्न सकिन्छ । फोनमा एप लक फिचरको व्यवस्था गरिएको छ ।

त्यसैगरी यसमा स्क्रिनकास्ट प्राइभेसी शिल्डको व्यवस्था पनि गरिएको छ । ओप्पो एफ१९ प्रो, फ्ल्यूड ब्ल्याक र फ्यान्ट्यास्टिक पर्पल गरी दुई आकर्षक रंगमा उपलब्ध हुने कम्पनीको भनाइ छ । ८ जीबी -याम र १२८जीबी सञ्चय क्षमतासहितको एफ१९ प्रोको मूल्य ४४ हजार नौ सय ९० रुपैयाँ निर्धारण गरिएको छ । साथै एफ१९ प्रो सार्वजनिकका लागि आयोजित कार्यक्रममार्फत ओप्पो ब्याण्ड स्टाइल पनि सार्वजनिक गरिएको छ ।

ओप्पो ब्याण्ड स्टाइलको मूल्य भने पाँच हजार पाँच सय ९९ रुपैयाँ छ । ओप्पो ब्याण्ड स्टाइल नेपाली बजारमा मार्च २३ देखि उपलब्ध हुनेछ । त्यसैगरी, कार्यक्रममार्फत नै ओप्पो एफ१९ पनि नेपाली बजारमा चाँडै उपलब्ध हुने जानकारी दिइएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया