Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिरो मोटोकर्प र गोगोरोबीच रणनीतिक साझेदारी

हिरो मोटोकर्प र गोगोरोबीच रणनीतिक साझेदारी


काठमाडौं ।
हिरो मोटोकर्प र गोगोरो इंकले भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी)को दिगो परिवर्तनलाई गति दिनका लागि एक रणनीतिक साझेदारीको घोषणा गरेका छन् । यो साझेदारीले मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो र सहरी ब्याट्री स्वापिङ र स्मार्ट मोबिलिटी नवप्रवर्तनको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी गोगोरोलाई एक ठाउँमा ल्याएको छ ।

भारतमा गोगोरोका उद्योगको अग्रणी ब्याट्री स्वापिङ प्लेटफार्म ल्याउन दुवै कम्पनीहरूले संयुक्त लगानीमा ब्याट्री स्वापिङ उद्यम स्थापना गर्नेछ र हिरोको ब्रान्डमा गोगोरो नेटवर्कद्वारा सञ्चालित हुने विद्युतीय सवारीसाधन विकासमा सहकार्य गर्नेछन् ।

नयाँ साझेदारीबारे टिप्पणी गर्दै हिरो मोटोकर्पका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. पवन मुन्जालले गोगोरोसँगको कम्पनीको रणनीतिक साझेदारीले कम्पनीको अनुसन्धान र विकास (आरएन्डडी) हबहरू जयपुरको इनोभेसन एन्ड टेक्नोलोजी (सीआईटी) र जर्मनीको हाम्रो टेक सेन्टरमा गरिरहिएका कामलाई थप विस्तार गर्ने बताए ।

गोगोरो नेटवर्क एक हाइपर–इफिसियन्ट ब्याट्री स्वापिङ प्लेटफर्म हो, जुन फ्रस्ट एन्ड सुलिभानले ‘ग्लोबल स्वापेबल ब्याट्री इलेक्ट्रिक स्कुटर मार्केट’को सन् २०२० मा कम्पनी अफ द इयर अवार्ड सम्मानित भएको छ । यस्तै भारतको नयाँ दिल्लीमा केन्द्रीय कार्यालय रहेको हिरो मोटोकर्प, एक वर्षमा एकल कम्पनीले बिक्री गरेको एकाइका आधारमा विश्वको मोटरसाइकल र स्कुटरको सबैभन्दा ठूलो निर्माता हो, यो स्थान लगातार २० वर्षदेखि कायम छ ।

कम्पनीले सुरुवातदेखि कुल सञ्चित १० करोड (१०० मिलियन)भन्दा अधिक मोटरसाइकल र स्कुटर बिक्री गरेको छ । हिरो मोटोकर्पले हाल एसिया, अफ्रिका, मध्यपूर्व र दक्षिण र मध्य अमेरिकाभर ४० भन्दा बढी देशहरूमा आफ्ना उत्पादनहरू बिक्री गर्दै आएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया