Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमई पेको अफर : नयाँ एप प्रयोगकर्तालाई सयमा सय बोनस

आईएमई पेको अफर : नयाँ एप प्रयोगकर्तालाई सयमा सय बोनस


काठमाडौं ।
आईएमई ग्रुपद्वारा संचालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफरअन्तर्गत एक सय रुपैयाँमा एक सय रुपैयाँ नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

यो स्किममा सहभागी बन्नका लागि आईएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्नेछ । प्रयोगकर्ताको व्यक्तिगत विवरण (केवाईसी) फारम भरी कुनै न कुनै माध्यमबाट आईएमई पे वालेटमा एक सय रुपैयाँ जम्मा गर्नुपर्नेछ र त्यसपछि एक सय नै बोनस रकम तत्काल प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यसका लागि केवाईसी फारम भेरिफाइड हुनुपर्नेछ ।

यसरी ‘आईएमई पे’मा मौजाद हुन आउने रकमबाट मोबाइल रिचार्ज, घरायसी प्रयोगमा आउने सेवाहरू जस्तै पानी, बिजुली, इन्टरनेटको महसुल एवम् सरकारी दस्तुर, टिकट आदिको भुक्तानी घरमै बसीबसी आफ्नै मोबाइलबाट गर्न सकिनेछ । यसका अतिरिक्त जुनसुकै स्थलगत क्यूआर कोड स्क्यानमार्फत भुक्तान गर्न सक्ननेछन् ।

यो योजना अप्रिल २१ देखि मे २१ गरी एक महिनासम्म नयाँ प्रयोगकर्ताहरूका लागि मात्र कायम हुने कम्पनीले जनाएको छ । स्किमलाई व्यवस्थित ढंगले सञ्चालन गरी आम सेवाग्राहीहरूको पहुँचसम्म पु-याउन कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया