Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविद्यार्थीहरूको नोबेल पुरस्कार हल्ट प्राइजको ‘इम्प्याक्ट समिट’ सुरु

विद्यार्थीहरूको नोबेल पुरस्कार हल्ट प्राइजको ‘इम्प्याक्ट समिट’ सुरु


काठमाडौं ।
विद्यार्थीहरूको नोबेल पुरस्कारका रुपमा परिचित हल्ट प्राइजको ‘इम्प्याक्ट समिट’ शुक्रबारदेखि सुरु हुने भएको छ । हल्ट प्राइजको इम्प्याक्ट समिट आइतबारसम्म चल्नेछ । यस कार्यक्रममा ‘फुड फर गुड’ थिममा आधारित रहेर व्यावसायिक विचारको प्रतिस्पर्धा हुनेछ ।

हल्ट प्राइजका कम्युनिटी बिल्डर सुसन डंगोलका अनुसार हरेक वर्ष हल्ट प्राइज फाउण्डेसनले हल्ट इन्टरनेशनल बिजनेस स्कुल, क्लिन्टन ग्लोबल इनिसिएटिभ, संयुक्त राष्ट्रसंघ र एजुकेसन फस्र्टसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिन्छ । कार्यक्रममा दिगो विकासको लक्ष्यलाई दृष्टिगत गर्दै विद्यार्थीमा ‘सोसल च्यालेन्ज थिन्किङ’बारे प्रस्ट्याइँ एउटा विषय घोषणा गरिने आयोजकले जानकारी दिएको छ । जसमा रहेर विद्यार्थीहरुले आफ्नो व्यवसायको रुप देखाई एक मिलियन डलरको लागि प्रस्तुति दिने गर्छन् ।

हल्ट प्राइज चारवटा चरण पूरा गरी सम्पन्न हुनेछ । कार्यक्रम अनक्याम्पसबाट सुरु हुने डंगोलले बताए । जसमा स्नातक वा सोभन्दा माथि अध्ययनरत विद्यार्थीहरूले तीनदेखि चार जनाको समूह बनाई प्रतिस्पर्धा गर्छन् । हरेक अनक्याम्पसको विजेताले इम्प्याक्ट समिटमा प्रतिस्पर्धा गर्ने गर्छन् । जयकिशन पञ्जियार कोअर्डिनेटर, महिमा पाण्डे स्पोन्सरशिप कोअर्डिनेटर, कृतिक रावल मिडिया म्यानेजर, दीपक शाह जडेज कोअर्डिनेटर, अनिल पोखरेल टिम कोर्डिनेटर, रोहित अधिकारी सोसल मिडिया म्यानेजर, अञ्जिल विश्वकर्मा ग्राफिक्स एण्ड भिडियो कोअर्डिनेटर र सुशील बुढाथोकी एडभाइजर रहेका छन् । जुन विश्वका करिब ५० वटा सहरमा हुने गर्छ ।

इम्प्याक्टको विजेताले एसिलियटरमा प्रतिस्पर्धा गर्नेछन् । जुन दुई चरणमा हुन्छ। पहिलो एसिलिएटर भर्चुअल हुने गर्छ । अर्कोचाहिँ विश्व प्रसिद्ध चलचित्र ह्यारी पोटरको निर्देशन भएको महल एस्ड्रिज क्यासलमा हुन्छ । हल्ट प्राइजको एसिलिएटरलाई विश्वकै उत्कृष्ट एसिलिएटर तथा इन्क्युबेसनको रुपमा लिने गरिन्छ । एसिलियटरबाट उत्कृष्ट छ टिमको छनोट हुने गर्छ । जो संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुने फाइनलमा प्रतिस्पर्धा गर्ने गर्छन् ।

फाइनलमा विजेता हुने एक टिमले आफ्नो व्यवसायको स्तरवृद्धिको एक मिलियन अमेरिकी डलर बराबरको फन्डिङ प्राप्त गर्छन् । संसारकै सबैभन्दा ठूलो सामाजिक उद्यमशीलताको यस कार्यक्रममा विश्वका एक सय २१ भन्दा बढी मुलुकहरूबाट तीन हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीहरूको सहभागिता हुने गर्छ । हल्ट प्राइज नेपालमा पहिलो पटक आयोजना हुनलागेको भए पनि नेपाली विद्यार्थीहरुले यो कार्यक्रममा विगत पाँच वर्षदेखि सहभागिता जनाउँदै आएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया