Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडाबर नेपालको ‘रियल इम्युनो म्याङ्गो प्लस’ बजारमा

डाबर नेपालको ‘रियल इम्युनो म्याङ्गो प्लस’ बजारमा


काठमाडौं ।
डाबर नेपालले रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पु-याउनको लागि नयाँ जुस ‘रियल इम्युनो म्याङ्गो प्लस’ बजारमा ल्याएको छ, जुन नेपालकै पहिलो फोर्टिफाइड जुस हो । कम्पनीले वर्षौैँदेखि नेपाली बजारमा आफ्नो उच्चस्तरीय उत्पादनहरुद्वारा ग्राहकहरुको विश्वास जित्दै आएको छ । अहिलेको यो महामारीको अवस्थामा सबैलाई रोग प्रतिरोधात्मक शक्तिको आवश्यकता पर्ने हुनाले कम्पनीले रोग प्रतिरोधात्मक क्षमता भएको आफ्नो नयाँ उत्पादन बजारमा ल्याएको जनाएको छ । फोर्टिफाइड जुस विश्वभरि नै उपलब्ध भए पनि नेपालको लागि यो बिल्कुलै नयाँ उत्पादन हो । परिवारको रोग प्रतिरोधात्मक शक्तिको आवश्यकताबारे गरिएको बजार अनुसन्धानबाट रियल इम्युनो म्याङ्गो प्लस तयार पारिएको हो ।

डाबर नेपालका प्रमुख एचएस वेदीले ग्राहकलाई सन्तुष्टि दिन आफ्ना उत्पादन बृहत् बनाउँदै कम्पनी निरन्तर नयाँ उत्पादन बजारमा ल्याउन तत्पर रहेको बताए । उनका अनुसार रियल इम्युनो म्याङ्गो प्लस, एउटा स्वास्थ्यवद्र्धक र ज्यादै मिठो आँपको जुस हो, जुन पावर अफ फाइभले भरिपूर्ण छ । रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रमाणित मह, तुल्सी, अश्वगन्धा, भिटामिन सी र जिङ्ककले रोग प्रतिरोधात्मक शक्ति बढाउन र पोषण सुधार्न मद्दत गर्दछ । यति मात्र होइन, यो जुस आँपको मिठो स्वादमा आउने भएकोले यसमा टेष्ट र हेल्थ दुवै पाइन्छ ।

कोभिड–१९ को अवस्थामा ग्राहकहरुले रियल इम्युनो म्याङ्गो प्लसको अवधारणालाई समयअनुकूल मानेर ज्यादै सह्राहना गरेको डाबर नेपालका मार्केटिङ प्रमुख अभय प्र. गोर्खालीले बताए । यसैगरी प्रोडक्ट डेभलप्मेन्टको दौरानमा गरिएको ब्लाइन्ड टेष्ट पनि उपभोक्ताहरुले रियल इम्युनो म्याङ्गो प्लसलाई पाँचै सेन्सोरियल मापदण्डमा उच्चतम मूल्याङ्कन गरेको उनले जानकारी दिए । यस उच्च गुणस्तरको फोर्टिफाइड म्याङ्गो जुसको १८० एमएलको मूल्य ३० रुपैयाँ र १ लिटर प्याकको मूल्य दुई सय ५० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x