Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्मार्ट टेलिकमको ‘दुईपछि फ्री’ अफर

स्मार्ट टेलिकमको ‘दुईपछि फ्री’ अफर


काठमाडौं ।
स्मार्ट टेलिकमले नेपालको टेलिकमजगतमै पहिलोपटक ऐतिहासिक ‘दुईपछि फ्री’ अफर ल्याएको छ । अफरअन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो दुई मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटिनेछ । त्यसपछि दुई मिनेटको सबै अनलिमिटेड कुराकानी निःशुल्क हुने कम्पनीले जनाएको छ ।

कोरोना महामारीका कारण लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा ग्राहक वर्गहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले कम्पनी यसखालको सेवा अफर ल्याएको स्मार्ट टेलिकमले जनाएको छ । यस अफरले ग्राहक वर्गमा थप उत्साह र उमंग छाउनेमा आफूहरु विश्वस्त रहेको कम्पनीले विश्वास व्यक्त गरेको छ । स्मार्ट प्रयोगकर्ताहरुले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाइसँग मन खोलेर अनलिमिटेड कुराकानी गर्न सक्ने कम्पनीको भनाइ छ ।

अब स्मार्ट प्रयोगकर्ताहरुले मन खोलेर अनलिमिटेड कुराकानी सहजै गर्न सक्नेछन् । स्मार्टले यस अफरले आफ्ना प्रयोगकर्ताहरुसँगको सम्बन्ध अझ सहज र सबल बनाउने उद्देश्य रहेको छ । ‘स्मार्टले यस अफरले आफ्ना प्रयोगकर्ताहरूको व्यावसायिक, सामाजिक तथा व्यक्तिगत जीवनमा टेवा पुग्नेछ भनी विश्वास राखेको छ । यस अफरले आम उपभोक्ताको सञ्चारसँगको असीमित पहुँच अझ सहज हुनेछ’, स्मार्ट कम्पनीले भनेको छ । यस अफर प्रयोग गर्न स्मार्ट प्रयोगकर्ताहरूले निःशुल्क ८१४१८१८५८१३ डायल गर्नुका साथै थप जानकारीको लागि १४२४२/९६११००४२४२ मा सम्पर्क गर्न सकिने कम्पनीले बताएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x