Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘स्मार्ट डोको मनसुन अफर’

‘स्मार्ट डोको मनसुन अफर’


काठमाडौं ।
अनलाइन मेगा स्टोर स्मार्ट डोकोले ‘स्मार्टडोको मनसुन अफर’ ल्याउने भएको छ । हालै आईएमएस ग्रुपले स्मार्ट डोकोको प्राप्तिपछि स्मार्ट डोकोले अफर ल्याउनलागेको हो । यो अफरअन्तर्गत ग्राहकहरुले हरेक दिन एउटा सामसङ घडी जित्ने मौका पाउनेछन् । यसका लागि १५ सयभन्दा बढीको सामान खरिद गर्नुपर्ने हुनेछ ।

कम्पनीले हिमालयन बैंकका प्रि–पेड र क्रेडिट कार्ड प्रयोगकर्ताका लागि १५ प्रतिशत क्यास ब्याकको (पाँच सयसम्म) अफर समेत ल्याएको छ । स्मार्ट डोकोले मनसुन र समरका सामग्रीहरु तथा इलेक्ट्रोनिक्स, बेबी प्रडक्ट, किचन वेयर र अन्य कैयौं सामानमा ७३ प्रतिशतसम्म छुट अफर ल्याएको छ । स्मार्ट डोकोले सासमङ, भिडियोकोन, हाइसेन्स, डा. ब्राउन, क्रेन, बीबीलुभ, सीजी जस्ता ब्रान्डहरुमा आकर्षक अफर समेत ल्याएको छ ।

ग्राहकले विभिन्न प्रकारको क्याटेगोरी र सब–क्याटेगोरीमा १० हजारभन्दा बढी प्रडक्टहरु खरिद गर्न सक्नेछन् । जहाँ ग्राहकले सजिलैसँग बेबी केयर इलेक्ट्रोनिक्स फुड र ग्रोसरी, कोभिड अत्यावश्यक सामग्री, स्वास्थ्य र सुन्दरता, होम एण्ड लिभिङ र अन्य प्रडक्टहरु सजिलै किन्न सक्नेछन् ।

स्मार्ट डोकोका ग्राहकले शीघ्र र निःशुल्क डेलिभरी चक्रपथभित्र (न्यूनतम २५० रुपैयाँको खरिदमा) र चक्रपथ बाहिर र काठमाडौं उपत्यका बाहिर न्यून डेलिभरी शुल्कमा सामान प्राप्त गर्न सक्नेछन् । यो अफर असार २२ गतेदेखि असार २६ गतेसम्म मान्य हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x