Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओपोद्वारा ‘ओपो तिहार अफर २०७८’ उपहार योजनाको घोषणा

ओपोद्वारा ‘ओपो तिहार अफर २०७८’ उपहार योजनाको घोषणा


काठमाडौं । स्मार्ट उपकरण ब्राण्ड ओपोले नेपाली महान चाड तिहार २०७८को शुभ अवसरमा ‘ओपो तिहार अफर २०७८’, उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोन लगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्नेछन् ।

ओपो नेपालका ब्राण्ड डायरेक्टर, पियरसन शेनले ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको बताए । कम्पनीका लागि नेपाल विशेष प्राथमिकता बोकेको बजार रहेको उनको भनाई थियो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी रहेको भन्दै उनले स्थानिय महान चाडहरुमा उपभोक्तासंग खुशी साट्दै मनाउने सोचका साथ कम्पनीले समय समयमा विभिन्न उपहार योजनाहरुको घोषणा गर्दै आइरहेको बताए । ओपो तिहार योजना यसैको एक अभिन्न अंग रहेको उनको भनाई थियो । उनका अनुसार क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले तिहार उपहार योजनामा सहभागिता जनाउन सक्छन् ।

सहभागिताका लागि उपभोक्ताले ओपो नेपाल क्याम्पेन डट कममा सिधै लगअन वा क्यूआर कोड स्क्यान गरी क्याम्पेन पेजमा पुगेर त्यहाँ मागिएका जानकारीहरु उपलब्ध गराउनु पर्ने हुन्छ । यसरी सहभागीहरु मध्यबाट लक्कि ड्र मार्फत छनोटमा परेका भाग्यशाली विजेताहरुले ओपो एन्को डब्ल्यू ५१, ओपो ब्याण्ड, ओपो डब्ल्यू ११ लगायत अन्य आकर्षक उपहारहरु जित्न सक्नेछन् । विजेताहरुको घोषणा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिनेछ । ओपो तिहार अफर, उपहार योजना नोवेम्बर १ देखि नोवेम्बर ७, २०२१ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया