‘काठमाडौं ह्यान्डिक्राफ्ट’को हरेक सामानमा २० प्रतिशत छुट
काठमाडौं । भक्तपुरको लोकन्थलीमा रहेको ‘काठमाडौं अनलाइन ह्यान्डिक्राफ्ट सप प्रा.लिद्वारा सञ्चालित फ्यान्सी एण्ड कल्चरल सुपरमार्केटले नयाँ वर्षको अवसरमा ग्राहकहरुका लागि विशेष छुट अफर ल्याएको छ । सुपरमार्केटले हरेक सामानमा २० प्रतिशत छुटको योजना सार्वजनिक गरेको हो ।
यस योजना वैशाख १५ गतेसम्मका लागि सार्वजनिक गरिएको सुपरमार्केटका सञ्चालक कुमार उप्रेतीले बताए । हालसालै सञ्चालनमा आएको सो सुपरमार्केटमा एउटा मान्छेलाई जन्मेदेखि मृत्युपर्यन्त आवश्यक पर्ने सबै सामानहरु उपलब्ध रहेको सञ्चालक उप्रेतीले बताए । नेपालमा तमाम चिजहरु एकै ठाउँमा पाइने सुविधा भएको सुपरमार्केट यो नै पहिलो भएको उनको दाबी छ । खासगरी विवाह, व्रतबन्ध, पूजाआज, विभिन्न इभेन्टहरुमा चाहिने सामानदेखि ए टु जेट सामानहरु, रेडिमेट फेन्सी सामान, सांस्कृतिक झल्काउने सामानहरु, हेन्डीक्राफ्ट सामानहरु, बुटिक सामानहरु, ग्यारेन्टेड गरगहना, नेपाली मौलिक उत्पादनहरु अझै बढी प्राथमिकता दिएर राखिएको उनले बताए । करिब पाँच करोडको लगानीमा सो सुपरमार्केट सञ्चालनमा ल्याइएको उनले बताए ।
विगत डेढ दशकदेखि अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायतका देशहरुमा कल्चरल तयारी सामग्रीहरु निर्यात गर्दै आएका सञ्चालक उप्रेतीले आफ्नै देशमा यस्ता वस्तुहरुको आवश्यकता बढेकोले सो व्यवसाय सञ्चालन गर्नुपरेको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 4
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया