Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगौरीशंकरको तिनेखु खोलामा पक्की पुल बन्ने

गौरीशंकरको तिनेखु खोलामा पक्की पुल बन्ने


दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाको केन्द्र जोड्ने सिद्धदेवी–जुँगु सडकखण्डअन्तर्गत तिनेखु खोलामा पक्की पुल निर्माण हुने भएको छ । पालिकाको मुख्य राजमार्गको रूपमा रहेको जुँगु सडकखण्डमा पुल निर्माण हुन लागेको हो ।

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय सिन्धुपाल्चोकले उक्त पुल निर्माण गर्न लागेको हो । पुल निर्माणको काम ओमबुद्ध कन्ट्रक्सन चरिकोटले २०७८ साल फागुन १३ गते चार करोड ४ लाख ७१ हजार रुपैयाँमा काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । २०८० साल भदौभित्र निर्माण सम्पन्न गर्ने गरी पुलको निर्माण गरिरहेको गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले जानकारी दिए । तिनेखु खोलामा पुल नबन्दा पालिकाको वडा नम्बर १, २, ३ र ४ का स्थानीयलाई पालिकाको केन्द्रसम्म पुग्न समस्या हुँदै आएको छ ।

त्यसैगरी ठेकेदारको आलटालले निर्माण कार्य सुस्त बनेको सिद्धदेवी–जुँगु सडकखण्डको काम पनि चाँडै सकिने अध्यक्ष कार्की बताए । त्यस्तै, पालिकाले यस वर्षदेखि ग्रामीण सडक स्तरोन्नतिको गर्ने भएको छ । यस आर्थिक वर्षमा पालिकाले करिब छ सय मिटर ग्रामीण सडक ढलान सम्पन्न गरेको उनको भनाइ छ । गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङले आगामी आर्थिक वर्षमा पनि पूर्वाधार विकासमा नै जोड दिने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #page 3

तपाईको प्रतिक्रिया