Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबुटवल पावरको पुस २९ गते 

बुटवल पावरको पुस २९ गते 


काठमाडौं । बुटवल पावर कम्पनीले पुस २९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले काठमाडौंको बबरमहलस्थित कार्की बैङ्क्वेटमा आफ्नो ३१ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको जारी पुँजी तीन अर्ब ४० करोड ९० लाख ६४ हजार छ सय रुपैयाँलाई बढाएर चार अर्ब ४० करोड ९० लाख ६४ हजार छ सय रुपैँयाँ पु-याउने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक कम्पनीले सोही वार्षिक साधारणसभामार्फत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्नेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको यही पुस १९ गते देखि पुस २९ गतेसम्म सेयर दाखिला एवम् खारेजी बन्द हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया