Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारक्षेत्राधिकार नाघेर बैंकको काम गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स

क्षेत्राधिकार नाघेर बैंकको काम गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले गर्ने धितो बन्धक तथा कर्जा लगानीसम्बन्धी कार्य जीवन बीमा गर्ने उद्देश्यले स्थापित सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गर्नेगरेको पाइएको छ ।

व्यक्तिको बीमा गर्ने नाममा सञ्चालित सूर्यज्योति लाइफ इन्स्योरेन्सले नुवाकोट जिल्ला बिदुर नगरपालिकाका एक व्यक्तिको जग्गा धितो राखेर आवास कर्जाको नाममा ऋण दिएको पाइएको हो ।

‘व्यक्तिको बीमा गर्ने इन्स्योरेन्सहरुले आवास कर्जा वा अन्य कुनै कर्जाको नाममा धितो बन्धक राख्नु गलत हो’, बीमा प्राधिकरण स्रोतले भन्यो, ‘यस्तो कार्य गर्नेलाई बीमा ऐन–नियमअनुसार कारबाही गर्नुपर्दछ ।’

त्यसो त विभिन्न कारणले चर्चा हुँदै आएको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्ज गर्दा करछली गरेको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बीमा प्राधिकरण, आन्तरिक राजस्व विभाग तथा राजस्व अनुसन्धान विभागलगायतमा विभिन्न मितिमा उजुरी समेत परेको थियो ।

मालपोत कार्यालय नुवाकोटबाट प्राप्त कागजातमा तत्कालीन सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले २०७७ माघ २१ गते चलानी नं १६१६ बाट मालपोत कार्यालय नुवाकोटलाई पत्र लेखेरै नुवाकोट जिल्ला बिदुर नगरपालिका ४ का २२ वर्षीय श्रेष्ठ थरका ऋणीको आमाको नामको जग्गा रोक्का राखेको भेटिएको हो ।

No description available.

सो समयमा इन्स्योरेन्समा पवन खड्का सीईओ थिए । खड्का एक समय अवैध क्रिप्टोकरेन्सीको कारोबारी रहेको भनेर समेत अनुसन्धान भएको थियो भने सम्पत्ति शुद्धीकरण विभागले समेत अनुसन्धान गरेका व्यक्ति हुन् । तत्कालीन समयमा खड्काले शक्तिको आडमा आफूलाई लागेको आरोपबाट सफाइ पाएको चर्चा समेत चल्ने गरेको थियो ।

उनै खड्का सूर्या लाइफ ज्योति लाइफसँग मर्ज भएपछि वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को रुपमा सूर्यज्योति लाइफ इन्स्योरेन्समा कार्यरत छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया