Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकको पाँच हजारसम्म हात पर्ने योजना

मुक्तिनाथ विकास बैंकको पाँच हजारसम्म हात पर्ने योजना


काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिकोत्सवको अवसरमा आफ्नो ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ । पहिलो योजनाअनुसार बैंकले टपअपमा टपअप धमाका सार्वजनिक गरेको छ । यस योजनामा बैंकको मोबाइल बैंकिङमार्फत दुई सय रुपैयाँ वा सोभन्दा बढीको टपअप कारोबार गर्दा दैनिक १८ जना ग्राहकले लक्की–ड्रमार्फत दुई सय रुपैयाँको टपअप प्राप्त गर्नेछन् । यो योजना २०८० पौष १९ गते देखि २५ गतेसम्मका लागि रहनेछ ।

दोस्रो योजनाअनुसार बिजुली र इन्टरनेटको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर अर्को योजना सार्वजनिक गरेको छ । यस योजनामा बैंकको मोबाइल बैंकिङमार्फत हालसम्म बिजुली र इन्टरनेटको बिल भुक्तानी नगरेका ग्राहकले पहिलोपटक बिल भुक्तानी गरेमा नयाँ कारोबार गर्ने ग्राहकले भुक्तानी रकमको पाँच प्रतिशत वा अधिकतम ५० रुपैंयाँसम्म प्राप्त गर्न सक्नेछन् भने पहिलेदेखि बिल भुक्तानी गरिरहेका ग्राहकले यस अवधिमा पुनः भुक्तानी गरेमा त्यस ग्राहकमध्ये बिजुलीको बिलअन्तर्गत एक जना र इन्टरनेट बिलअन्तर्गत एक जना ग्राहकले लक्की–ड्रमार्फत पाँच महिनासम्मको बिल भुक्तानी वा अधिकतम पाँच हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । यो योजना २०८० पुस १९ गतेदेखि माघ १९ गतेसम्मका लागि हुनेछ ।

तेस्रो योजनाअनुसार बैंकको क्युआर मर्चेन्ट भई कुनै पनि कारोबार क्युआरमार्फत प्राप्त नगरेका मर्चेन्टहरूले यस अवधिमा एक पटक वा पटक–पटक गरी पाँच सय रुपैयाँसम्मको कारोबार रकम क्युआरमार्फत प्राप्त गरेमा वा लिएमा त्यस ग्राहकमध्ये पाँच जना ग्राहकले लक्की–ड्रमार्फत स्र्माट वाच प्राप्त गर्नेछन् । यो योजना २०८० पुस १९ गतेदेखि माघ १९ गतेसम्मका लागि हुनेछ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्युआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्माजस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया