Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्भेस्टमेन्ट बैंकले दुई लाख ५५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने

नेपाल इन्भेस्टमेन्ट बैंकले दुई लाख ५५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने


काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले दुई लाख ५५ हजार सात सय ४१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका अनुसार लिलाम बढाबढको माध्यमद्वारा उक्त परिमाणको सेयर बिक्री गर्न लागिएको हो ।

बैंकले यसअघि पनि हालका संस्थापक सेयरधनीलाई नै सो सेयर बिक्रीका लागि प्रस्ताव गरेको थियो । तर बैंकको उक्त प्रस्तावअनुसार विद्यमान संस्थापकले सेयर नकिनेपछि उक्त संस्थापक सेयर अन्य सर्वसाधारण तथा संस्थाहरूका लागि लिलामी बिक्रीमा ल्याइएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार संस्थापक सेयर खरिद गर्न चाहनेले सात दिनभित्र सेयर शाखा लाजिम्पाटमा निवेदन दिन बैंकले आग्रह गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया