Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसूचक १३ सय ९२ अंकमा

सेयर बजार परिसूचक १३ सय ९२ अंकमा


काठमाडौं, साउन २६
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन बजार परिसूचक ११ दशमलव तीन अंकले उकालो लागेर १३ सय ९२ दशमलव ६८ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४६ अंकले उकालो लागेर दुुई सय ९१ दशमलव दुुई अंकमा चढेको छ । यस दिन कुुल एक सय ८७ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार ३० हजार दुुई सयवटा कारोबारमा ३२ लाख १२ हजार तीन सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ९७ करोड ७८ लाख ९५ हजार पाँच सय २५ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार होटल समूहको सूचक २७ दशमलव ४७ अंकले ओरालो लागेर १४ सय ९६ दशमलव ४६ अंकमा झरेको छ भने बाँकी समूहको सूचक उकालो लागेको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव ९२ अंकले उकालो लागेर ११ सय ८७ दशमलव ८३ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक सात दशमलव ६७ अंकले उकालो लागेर १७ सय ४६ दशमलव २७ अंकमा चढेको छ । जलविद्युुत् समूहको सूचक पनि तीन दशमलव पाँच अंकले उकालो लागेर नौ सय ४६ दशमलव ८८ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि १४ दशमलव ५८ अंकले उकालो लागेर २३ सय ६२ दशमलव ३३ अंकमा चढेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि एक सय तीन दशमलव ४८ अंकले उकालो लागेर छ हजार चार सय १० दशमलव ३५ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय २९ दशमलव ५६ अंकले उकालो लागेर आठ हजार चार सय नौ दशमलव २९ अंकमा चढेको छ । यीबाहेक टे«डिङ, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ११ दशमलव ८८, सात दशमलव ११, १५ दशमलव २७, नौ दशमलव ५६ र शून्य दशमलव २१ अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको अजोड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य नौ रुपैयाँ ८८ पैसाले बढेर चार सय ६७ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको स्वदेशी लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ८२ पैसाले बढेर चार सय ३६ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल बैंक, जोशी हाइड्रोपावर कम्पनी आदिको प्रतिकित्ता सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य तीन रुपैयाँ ८५ पैसाले घटेर सात सय ७५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको आरम्भ चौतारी लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य तीन रुपैयाँ ७६ पैसाले घटेर छ सय ९२ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक आईसीएफसी फाइनान्स, रिलायन्स फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन अजोड इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता चार सय ६७ रुपैयाँ अन्तिम मूल्यमा नौ करोड २० लाख ४७ हजार सात सय १६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको प्रतिकित्ता पाँच सय ७२ रुपैयाँ अन्तिम मूल्यमा आठ करोड ३९ लाख ३४ हजार सात सय ४७ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया