Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपुनः ओरालो लाग्यो सेयर बजार

पुनः ओरालो लाग्यो सेयर बजार


काठमाडौं ।
सेयर बजार परिसूचक पुुनः ओरालो लागेको छ । अघिल्लो दिन झण्डै दुुई अंकले उकालो लागेको सेयर बजार परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार नौ दशमलव ४२ अंकले ओरालो लागेर १५ सय ६८ दशमलव ५९ अंकमा झरेको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव सात अंकले ओरालो लागेर तीन सय ११ दशमलव ४१ अंकमा झरेको छ । यसदिन कुुल एक सय ९३ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसमध्येबाट २८ हजार छ सय ४० पटकको कारोबारमा ६७ लाख ८२ हजार नौ सय ४७ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ८१ करोड ९६ लाख ३८ हजार नौ सय ७७ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुसार नौवटा समूहको सूचक ओरालो लागेका छन् भने तीनवटा समूहको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव सात अंकले ओरालो लागेर १२ सय ५० दशमलव ७० अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि आठ दशमलव ५६ अंकले ओरालो लागेर २१ सय नौ दशमलव ५८ अंकमा झरेको छ ।

जलविद्युुत् समूहको सूचक पनि २७ दशमलव ८४ अंकले ओरालो लागेर १३ सय ३९ दशमलव ९७ अंकमा झरेकोमा लघुुवित्त समूहको सूचक पनि १३ दशमलव ६३ अंकले ओरालो लागेर २५ सय २२ दशमलव ८१ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ४८ दशमलव ४१ अंकले ओरालो लागेर सात हजार सात सय ५० दशमलव ७० अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ३८ दशमलव ९४ अंकले ओरालो लागेर नौ हजार चार सय ९२ दशमलव ५० अंकमा झरेको छ । यीबाहेक होटल, फाइनान्स र अन्य समूहको सूचक पनि क्रमशः १० दशमलव छ, १६ दशमलव तीन र एक दशमलव ५१ अंकले ओरालो लागेका छन् ।

ट्रेडिङ समूहको सूचक भने यसदिन एक दशमलव ४९ अंकले उकालो लागेर एक हजार ५२ दशमलव ५७ अंकमा चढेकोमा उत्पादनमूलक समूहको सूचक पनि १० दशमलव ८४ अंकले उकालो लागेर तीन हजार ६८ दशमलव ३७ अंकमा चढेको छ । यसैगरी सामूहिक लगानी कोष समूहको सूचक पनि शून्य दशमलव शून्य पाँच अंकले उकालो लागेको छ । यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको ज्योति विकास बैंकको सेयर मूल्य चार दशमलव ८३ प्रतिशतले बढेर दुुई सय १७ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको लक्ष्मी उन्नति कोषको प्रतियुनिट सेयर मूल्य तीन दशमलव ३३ प्रतिशतले बढेर नौ रुपैयाँमा किनबेच भएको छ ।

यीबाहेक युनिलिभर नेपाल लिमिटेड, आईसीएफसी फाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको सेयर मूल्य आठ दशमलव ७२ प्रतिशतले घटेर एक सय ३६ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको दिव्येश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि सात दशमलव ५० प्रतिशतले घटेर एक सय ११ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक खानीखोला हाइड्रोपावर कम्पनी, रिडी हाइड्रोपावर कम्पनी आदिको पनि गुमाउने कम्पनीहरूको सूचीमा परेका छन् ।

यसदिन अरुण कावेली पावर लिमिटेडको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता दुुई सय ४७ रुपैयाँ अन्तिम मूल्यमा ११ करोड २६ लाख २१ हजार चार सय ७३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको ज्योति बिकास बैंकको प्रतिकित्ता दुुई सय १७ रुपैयाँ अन्तिम मूल्यमा ११ करोड सात लाख एक हजार चार सय चार रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक मुक्तिनाथ बिकास बैंक, नेपाल पुनर्बीमा कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया