Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारकृषि विकास बैंकको सेयर मूल्य समायोजन

कृषि विकास बैंकको सेयर मूल्य समायोजन


काठमाडौँं, पुस १४
कृषि विकास बैंकले सेयर मूल्य समायोजन गरेको छ । बैंकले साताको पहिलो कारोबार दिन आइतबार छ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन सय ९३ रुपैयाँ ४० पैसा तोकेको हो । पछिल्लो पटक प्रतिकित्ता चार सय १७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको बैंकको बजार पुँजीकरण भने ३९ अर्ब ८५ करोड चार लाख ४१ हजार पाँच सय ३६ रुपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) भने बैंकको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको नौ अर्ब ५५ करोड ६४ लाख ६० हजार आठ सय रुपैयाँबराबरको नौ करोड ५५ लाख ६४ हजार छ सय आठ कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया