Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको व्यावसायिक कृषि तथा पशुपालन कर्जा

सिद्धार्थ बैंकको व्यावसायिक कृषि तथा पशुपालन कर्जा


काठमाडौँ ।
सिद्धार्थ बैंक लिमिटेडले व्यावसायिक कृषि तथा पशुपालन कर्जा सुरु गरेको छ । बैंकका अनुसार कृषि तथा पशुपालन व्यवसाय प्रवर्दन तथा विकासमा टेवा पु-याउने उद्देश्यका १० करोड रुपैयाँसम्मको कर्जा सुविधा सहजरूपमा प्रदान गर्न व्यावसायिक कृषि तथा पशुपालन कर्जा योजना सञ्चालनमा ल्याइएकोे हो ।

कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी देशमा उत्पादन एवं रोजगारी अविवृद्धि गर्ने उद्देश्यका साथ बैंकले यो कर्जा सुविधा ल्याएको हो । कृषि क्षेत्रको विकासमा मध्यनजर गर्र्दै बैंकले प्रवाह गर्ने यस कर्जा सुविधाले ग्राहकहरूलाई कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुन अझ बढी हौसला पुग्ने र कृषि क्षेत्र विस्तारै आधुनिकीकरण एवं व्यवसायीकरणतर्फ उन्मुख हुने विश्वास बैंकले लिएको छ ।

यो सहुलियतपूर्ण कर्जामा बैंकले आफ्नो आधार दरमा अधिकतम दुुई प्रतिशत प्रिमियम थप गरी पाँच प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था रहेको छ । यो कर्जा योजनाका प्रमुख विशेषताहरूमा १० करोड रुपैयाँसम्मको कर्जा सुविधा, प्रशासनिक एवं नवीकरण शुल्क नलाग्न र १५ वर्षसम्मको कर्जा अवधि (ब्याज अनुदान पाँच वर्षसम्म प्राप्त हुने) लगायतका रहेका छन् ।

बैकका अनुसार यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामबीचको सहकार्यमा ग्राहक समक्ष ल्याइएको देशको कृषि तथा पशुपन्छीजन्य क्षेत्रका उद्यमहरूको वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो । यो कर्जाका लागि आवेदन दिन तथा थप जानकारीका लागि आफ्नो नजिकैको शाखा वा बैंकको ग्राहक सेवा केन्द्र, ०१५९७००२० मा सम्पर्क गर्न बैंकले सबै ग्राहकहरूलाई आग्रह समेत गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया