Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाडौँद्वारा कालीमाटी तरकारी बजारमा क्यूआर कोड सुुरु

बैंक अफ काठमाडौँद्वारा कालीमाटी तरकारी बजारमा क्यूआर कोड सुुरु


काठमाडौँ ।
बैंक अफ काठमाण्डू लिमिटेड (बीओके)ले कालिमाटी तरकारी बजारमा क्यूआर कोड सेवा सुरु गरेको छ । बैंकले आफ्नो डिजिटल कारोबार क्यूआर कोड विस्तारित गर्ने क्रममा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी क्यूआर कोड सेवाको शुक्रबार एक औपचारीक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले समुुद्धघाटन गरेका हुुन् ।

उक्त शुभारम्भ कार्यक्रम कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्याल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको आतिथ्यतामा सम्पन्न भएको बैंकले जानकारी दिएकोे छ । उक्त औपचारिक शुभारम्भ कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक कँडेलले फलफूल तथा तरकारी खरिद गरी डिजिटल तवरले क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै कार्यकारी निर्देशक कँडेलले डिजिटल तवरले भुक्तानी गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू लिमिटेड र कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिलाई धन्यवाद दिएका थिए । कार्यक्रममा सम्बोधन गर्दे बैंकका प्रमुख कार्यकारी अधिकृत पन्तले यस नगद रहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडि बढाइरहेको जानकारी गराए ।

साथै, उक्त कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सहायक कार्यकारी निर्देशक अर्यालले डिजिटल भुक्तानी प्रणालीको व्यवस्थापनमा सहयोग गरेकोमा बैंक अफ काठमाण्डूलाई धन्यवाद दिएका थिए । बैंकले हाल ९० शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया