Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअनलाइनबाटै एनएमबी बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड प्राप्त गर्न सकिने

अनलाइनबाटै एनएमबी बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड प्राप्त गर्न सकिने


काठमाडौँ । एनएमबी बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अनलाइनबाटै प्राप्त गर्न सकिने भएको छ । बंैकका अनुसार अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गरी कार्ड जारी गर्न सुरु गरिसकेको तर वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरूलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने व्यवस्था मिलाइएको हो ।

यो व्यवस्थापश्चात् एनएमबीले प्यान कार्ड र नागरिकतासहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागि अनलाइनबाटै आवेदन दिई विदेशबाट पाइने सेवाहरू, जस्तैः नेटफिलक्स, अमेजन, पेपाल, शिक्षालगायत सामाजिक सञ्जालमार्फत पनि आफ्नो व्यवसायलाई आफ्नै कार्डबाट भुक्तान गरी प्रवद्र्धन गर्न सकिने जनाएको छ । यो सुविधा बैंकको वेबसाइनमा गई आवेदन दिएमा तत्काल प्राप्त सकिनेछ ।

बैंकका अनुसार देशभर एक सय ८१ शाखाहरूमा यो योजना सञ्चालनमा छ र जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिन्छ । बैंकले शाखाहरू साथै देशभरिका एक सय ३६ एटीएमहरू, नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया