Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्यादी जीवन बीमाबापत दाबी रकम हस्तान्तरण

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्यादी जीवन बीमाबापत दाबी रकम हस्तान्तरण


काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्सको साझेदारीमा स्व. रूपा परियारको परिवारलाई म्यादी जीवन बीमाबापत बीमादाबी रकम हस्तान्तरण गरिएको छ । उक्त वित्तीय संस्थाको सदस्य रहेकी ३३ वर्षीया रूपा परियारको गत फागुन ८ गतेको दिन नल्का चलाउने क्रममा खसेर निधन भएको थियो ।

उनले दुुईवटा सामान्य र एउटा मौसमी गरी तीनवटा ऋण उपभोग गरेकी थिइन् । शुक्रबार नेपालगञ्ज ४ बौद्ध मर्ग ५ क (२३) परिवारको निवासमा एक कार्यक्रमबीच बीमाबाट छ लाख ४३ हजार रकम पाउनुपर्ने भए पनि संस्थाबाट लिएको ऋण एक लाख ५८ हजार तीन सय ५१ कट्टा गरी केन्द्रीय प्रमुख भगवती भण्डारी र सिटिजन लाइफ इन्स्योरेन्स पश्चिम क्षेत्रका चिफ बिजनेस अफिसर धोजबहादुर खड्काको समन्वयमा परियारको श्रीमान् रवि परियारलाई चार लाख ८४ हजार छ सय ४९ रुपैयाँ बीमाबापतको चेक हस्तान्तरण गरिएको हो ।

सभामा बोल्दै खड्काले आफूहरूले बीमा दाबीबापतको रकमलाई समयमै हस्तान्तरण गर्दै आएकाले रकम वैशाखमै बीमा कम्पनीले जनउत्थानलाई हस्तान्तरण गरी सकेकोले कोभिडका कारण ढिलाइ भएको बताएका छन् ।

परियारको श्रीमान् रवि परियारलाई उनको अबको पारिवारिक जिम्मेवारीबारे सम्झना गराउँदै स्व. रूपा परियारको फोटोमाथि फूल अर्पण गरेका थिए । जनउत्थानका केन्द्रीय प्रमुख भगवती भण्डारीले स्व. रूपा परियार संस्थामा कार्यरत एक इमानदार प्रतिनिधि रहेकाले आफूहरूले संस्थाको एक परिवार सदस्य गुमाएकाले कोभिड–१९ का कारण सरकारले कुनै प्रकारको गोष्ठी, सभा नगर्न नगराउन आदेश गरी सकेपश्चात् समयमै रकम हस्तान्तरण गर्न कठिनाइ भएको जानकारी दिएका थिए । २ जना छोरा रहेकी परियार २०७६ वैशाख ९ गते संस्थामा आबद्ध भएकी थिइन् ।

उक्त रकम हन्तान्तरण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल, मानव संसाधन प्रमुख इन्द्र बराली, आलेप प्रमुख बसन्त बच्भैया, क्षेत्रीय कार्यालय कोहलपुरका अनुगमन अधिकृत मधु कुँवर, शाखा प्रमुख रमेश सुनार, कर्मचारी आयुष न्यौपाने, सावित रामथारु, कृष्णप्रसाद थारु, विशाल शोव र जन उत्थानका अन्य प्रतिनिधि, परियारका आफन्त, पत्रकारलगायत उपस्थित भएका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x