Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनाडेप लघुुवित्तले कमायो ९४ लाख ११ हजार

नाडेप लघुुवित्तले कमायो ९४ लाख ११ हजार


काठमाडौं  । नाडेप लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ९४ लाख ११ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा चार करोड ५६ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक अर्ब ५९ करोड १५ लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५१ करोड दुई लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेहको छ ।

सो अवधिमा १० करोड २८ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ७७ लाख १७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ७७ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ३८ करोड ६९ लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २८ करोड ४४ लाख एक हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा १३ करोड ६९ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५३ लाख ४६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ४२ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया