Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसानिमा बैंकको ‘क्यास डिपोजिट सुविधा’

सानिमा बैंकको ‘क्यास डिपोजिट सुविधा’


काठमाडौं । सानिमा बैंकले ग्राहकहरूको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । उक्त मेसिनबाट ग्राहकहरू आफैँले नै खातामा रकम जम्मा गर्न सक्नेछन् । यस सुविधाबाट ग्राहकहरूलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ ।

हाल उक्त मेसिनबाट ग्राहकहरूले पाँच सय रुपैयाँ र एक हजार दरका एक लाख रुपैयाँभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन् । यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन् । हाल यो सुविधा बैंकको केन्द्रीय कार्यालय, नक्सालबाट प्राप्त हुनेछ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया