Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’

‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’

आईएमई दशैँ अफरः पाँचौँ र छैटौँ हप्ताको नतिजा घोषणा


काठमाडौं । दशैँ, तिहार, छठ र नेपाल संवत्जस्ता चाडपर्वहरूका अवसरमा आईएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दशैँ अफरअन्तर्गत पाँचौँ र छैटौँ हप्ताका विजेता सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार बिहीबार काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत सार्वजनिक गरिएको नतिजाअनुसार कुवेत र संयुक्त अरब इमिरेट्सबाट आईएमईमार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमश : सान्त्वना धोधरी र जीतमान गोम्बो तमाङ पाँचौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । त्यस्तै पदम कुमारी विक र किशोर तमाङ छैटौँ हप्ताको लागि साप्ताहिक विजेता छनोट भएका छन् । उनीहरूले क्रमशः ओमान र मलेसियाबाट आईएमईमार्फत नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थियो । चारै जना साप्ताहिक विजेताले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने कम्पनीको भनाइ छ ।

त्यस्तै सेवाग्राहीहरू अहम्मद अब्दुल्ला खामिस अल हसामी, प्रेमप्रसाद बाँस्कोटा, सबिन थोप्रा, सञ्जीवकुमार शाह, आशिष सोनाम, नइन्द्र गुरुङ र रबी बडुवाल पाँचौँ हप्ताको लागि दैनिक विजेता छनोट भएका छन् । उनीहरूले क्रमशः ओमान, कुवेत, मलेसिया, यूएई, जापान र इन्डियाबाट आईएमईमार्फत नेपालमा रहँदै आएका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए । त्यसैगरी मदनलाल कालुराम, देवबहादुर बकावल, बिरेन्द्रकुमार तुम्बापो, देवलाल मेल्हे, लोक रसाइली, इर्साद अलि खान र खेमबहादुर लिम्बु छैटौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । उनीहरूले क्रमशः कुवेत, मलेसिया, बहराइन, संयुक्त राज्य अमेरिकाबाट नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए । उनीहरू प्रत्येकले एक/एक सेट सामसुङ मोबाइल उपहार स्वरूप प्राप्त गर्न सक्नेछन् ।

आईएमई दशैँ अफर २०७९:- आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित रही यस पटकको स्किम सञ्चालन हुनेछ । अफरअनुसार विदेशबाट आईएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहारस्वरूप प्रदान गरिनेछ । साथै, हरेक हप्ता आईएमई–पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुई जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ ।

कुल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आईएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थिममा आधारित हुनेछ । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कात्तिक १६ (तदनुसार सेप्टेम्बर १–नेभेम्बर २, २०२२) सम्म कुल नौ हप्ता अर्थात् ६३ दिन कायम हुनेछ । यससम्बन्धी विस्तृत जानकारीका लागि हाम्रा आधिकारिक वेब पेज, केन्द्रीय कार्यालय, विदेशस्थित हाम्रा सम्पर्क कार्यालयहरू, नेपालका सम्पूर्ण क्षेत्रीय सम्पर्क कार्यालयहरूका अतिरिक्त सम्पूर्ण व्यावसायिक साझेदारसँग उपलब्ध हुनेछ । अफरलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि कम्पनीले सञ्चालन गरेका सेवा र सर्तहरूको अक्षरस पालन गर्नु/गराउनुपर्नेछ ।

अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्रमार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेजहरू तथा मिडियामार्फत सार्वजनिक गरिनेछ ।

आईएमई लिमिटेडका बारेमा:- आफ्नो स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु-याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २१औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी दुई सय २५ आईएमई सेन्ट सहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।

आईएमई डिजिटल सोलुसन लिमिटेडका बारेमा:- ‘आईएमइ– पे’ आईएमई–ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली– २०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आईएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘ आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मदतबाट सेवाग्राही आफैंले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु-याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका बिल भुक्तानी एवं जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आईएमई–पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया