Techie IT
×
गृहपृष्ठbreaking१९ सय ५३ बिन्दुमा चढ्यो बजार परिसुचक

१९ सय ५३ बिन्दुमा चढ्यो बजार परिसुचक


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १५ दशमलव ६१ अंकले ओरालो लागेर एक अर्ब ४९ करोड रुपैंयाँ बराबरको सेयर कारोबार भएकोमा साताको तेस्रो कारोबार दिन आज मंगलबार भने बजार परिसुचक दुई दशमलव ९९ अंकले उकालो लागेर १९ सय ५३ दशमलव ३५ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव शुन्य आठ अंकले उकालो लागेर तीन सय ८२ दशमलव ६९ बिन्दुमा चढेको छ ।

आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३४ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । जसबाट १९ हजार ३६ पटकको कारोबारमा २५ लाख ८९ हजार नौं सय ९७ कित्ता सेयर किनबेच भएको छ । सोही किनबेचका आधारमा आज कुल सेयर कारोबार रकम ९५ करोड ७० लाख ६० हजार दुई सय २५ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये छ वटा उपसमुहहरुको सुचक ओरालो लागेर सात वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : breaking, वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया