महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, पार्क र मन्दिरलाई सहयोगका कार्यक्रमहरू सम्पन्न भएको जानकारी बैंकले दिएको छ । बैंकको पिपल्ला शाखाद्वारा दिपायल सिलगढी नगरपालिका वडा नं ३ मा अवस्थित दिल्पेश्वर माध्यामिक विद्यालयलाई दुई थान स्टिल पानी ट्याङकी हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । विद्यार्थीहरूलाई शुद्ध पिउने पानीको व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले बैैंकले उक्त सहयोग गरेको जनाएको छ ।
त्यसैगरी बैंकको मैतीदेवी शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं ३० मा अवस्थित मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिलाई सडक डिभाइडर हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । बैंकले मन्दिरवरपरको बाटो अस्तव्यस्त हुनेगरी सवारीसाधन पार्किङ गर्ने समस्याको व्यवस्थापनका लागि सडक डिभाइडर प्रदान गरेको हो । उल्लिखित कार्यक्रम सँगसँगै बैंकको पुतलिसडक शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं २८ मा अवस्थित झिगु इच्छुमती पार्कका लागि छ थान कुर्सी हस्तान्तरण गरिएको छ । इच्छुमती खोला किनारस्थित उक्त पार्कमा दैनिक आवतजावत गर्ने बटुवाहरूलाई विश्राम गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले झिगु इच्छुमती खललाई उक्त सहयोग प्रदान गरेको हो ।
आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तररूपमा सञ्चालन गर्ने बैंैकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया