Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंक र आईएमई मोटर्सबीज सम्झौता

नबिल बैंक र आईएमई मोटर्सबीज सम्झौता


काठमाडौं । कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आईएमई मोटर्स र नबिल बैंकबीच सवारीसाधनका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आईएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका छन् । ग्राहकले सो अफरअन्तर्गतको सुविधा अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा नबिल बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सक्नेछन् । अशोक लेल्यान्ड ब्रान्डका सवारीसाधन किन्नका लागि बैंकले सुलभ ब्याजदरमा अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ । नेपाल राष्ट्र बैंकको नीति निर्देशनअन्तर्गत रहेर कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइनेछ ।

आईएमई मोटर्स
कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आईएमई मोटर्सको बजारमा बलियो उपस्थिति छ । यसले देशभर शोरुम तथा सर्भिसिङसहितका टच प्वाइन्ट विस्तार कार्यलाई कम्पनीले निरन्तरता दिइरहेको छ ।

विगत दुई वर्षयता कम्पनीले बजार विस्तार गरिरहेको छ र बजार हिस्सा समेत वृद्धि गर्दै गएको छ । हाल अशोक लेल्यान्ड नेपालको दोस्रो ठूलो कमर्सियल भेइकल ब्रान्ड बनेको छ । कम्पनीले हालै लाइट कमर्सियल भेइकल ‘दोस्त’का लागि पाँचवर्षे  वारेन्टी घोषणा गरेको छ । यो वारेन्टीले ग्राहकलाई स्वामित्वको बलियो अनुभूति प्रदान  गर्ने विश्वास गरिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया