Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंकद्वारा कोरोना संक्रमण रोकथाम कोषमा रकम सहयोग

कृषि विकास बैंकद्वारा कोरोना संक्रमण रोकथाम कोषमा रकम सहयोग


काठमाडौं, चैत ११
कृषि विकास बैंकले कोराना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोषमा एक करोड २५ लाख रूपैयाँ सहयोग गरेकोे हो । बैंकका अनुसार कोभिड–१९ कोरोना नामक भाइरसले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा भाइरससँग सावधानीपूर्वक डटेर सामाना गर्नका लागि व्यक्तिगत सुरक्षा सामग्री, स्वास्थ्य उपकरण, नमूना परीक्षण किट र क्वारेण्टाइनलगायत अत्यावश्यक सामग्री स्वास्थ्य व्यवस्थाको उचित प्रबन्ध मिलाउन नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रकम सहयोग गरिएको हो । बैंकले उक्त विपतको कारणबाट ज्यान गुमाउनेहरूप्रति चिर शान्तिको कामना गर्दै, बिरामीहरूको शिघ्र स्वास्थ्यको लाभको कामनासमेत गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया