Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकद्वारा कोराना जोखिम न्यूनीकरणका लागि एक करोड रूपैयाँ सहयोग

नेपाल बैंकद्वारा कोराना जोखिम न्यूनीकरणका लागि एक करोड रूपैयाँ सहयोग


काठमाडौं, चैत १३
नेपाल बैंकले कोरोनाको जोखिमलाई न्यूनीकरण गर्न एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोरोना भाइरसको संक्रमणबाट सृजना हुनसक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नागरिकलाई बचाउनका लागि बैंकले उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो । सहयोग रकम सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा गरिने बैंकले जानकारी दिएको छ ।

बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ३५ करोड २३ लाख ९७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ६६ करोड १४ लाख ९८ हजार रूपैयाँ रहेको छ । चुक्ता पुँजी नौ अर्ब ८१ करोड ११ लाख ४८ हजार रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब १७ अर्ब १२ करोड २८ लाख ७९ हजार रूपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ४५ करोड ९६ लाख ८३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ७४ करोड ५० लाख ८० हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा ६८ करोड ३७ लाख १९ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ६६ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा बैंकले एक खर्ब १७ अर्ब २० करोड सात लाख ८९ हजार रूपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ४२ करोड १६ लाख ३७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमाा तीन अर्ब १६ करोड ७२ लाख ४९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया