Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी केयर्सको ‘अरेन्ज भाइब्स २०२३’

लक्ष्मी केयर्सको ‘अरेन्ज भाइब्स २०२३’


काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीहरूद्वारा स्थापित गैरनाफमूलक संस्था लक्ष्मी केयर्सले अरेन्ज भाइब्स नामक साङ्गीतिक कार्यक्रम आयोजना गरेको छ ।

गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित उक्त कार्यक्रममा दिपक बज्राचार्य र रिद्म ब्याण्डको साङ्गीतिक प्रस्तुतिका साथसाथै नेपालका विभिन्न स्थान तथा संस्कृतिको प्रतिनिधित्व गर्ने मौलिक परिकार प्रस्तुत गरिएको थियो । कार्यक्रमको विशेष अतिथिस्वरूप प्रख्यात सेफ सन्तोष साहको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न पेसा तथा व्यवसायमा संलग्न करिब लक्ष्मी केयर्सका १२ सयभन्दा बढी हितैषीको उपस्थिति थियो ।

कार्यक्रमबाट संकलित रकम लक्ष्मी केयर्सको वातावरण संरक्षण तथा नवीकरणीय ऊर्जा प्रवद्र्धनलगायतका विविध सामाजिक कार्यमा उपयोग हुनेछ । यसअघि लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार सडक, बाराको गढिमाइ मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्य बत्ती जडान गर्नुका साथै देशभर विभिन्न स्थानमा वृक्षरोपण गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया