Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनयाँ स्टक ब्रोकर कम्पनीलाई अनुमति दिने बाटो खुला

नयाँ स्टक ब्रोकर कम्पनीलाई अनुमति दिने बाटो खुला


काठमाडौं । नयाँ स्टक ब्रोकर कम्पनीको अनुमतिको लागि बाटो खुला भएको छ । अधिवक्ता दिपकविक्रम मिश्रले दायर गरेको रिटमाथि आइतबार अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भएसँगै नयाँ ब्रोकर कम्पनीको लागि अनुमति दिने बाटो खुला भएको हो ।

नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण नगर्न धितोपत्र बोर्डका नाममा आदेश माग गर्दै परेको रिटको सुनुवाइ संयुक्त इजलासले गरेको जानकारी सर्वोच्च अदालत स्रोतले दिएको छ । यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको अवस्थामा नै ब्रोकर लाइसेन्स खोल्न माग गर्दै संवैधानिक इजलासमा रिट दर्ता भएको थियो । संवैधानिक इजलासले संयुक्त इजलासबाट नै मुद्दाको फैसला गर्दा उपयुक्त हुने भन्दै रिट खारेज गरेपछि संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको हो ।

आइतबार भएको सोही सुनुवाइसँगै धितोपत्र बजारको नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरणका लागि नेपाल धितोपत्र बोर्डलाई बाटो खुलेको हो । यसअघि यही मुद्दामा २०७८ कात्तिक ४ गते सर्वोच्च अदालतले तत्काल नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया