सिटिजन लाइफको ‘सुनौलो १०० दिन’ कार्यक्रम
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबारबाट २०८० साल असार मसान्तसम्म जीवन बीमा जागरण अभियानअन्तर्गत ‘सुनौलो १०० दिन कार्यक्रम’को सुरुवात गरेको छ । पूरै देश आर्थिक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपूर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ यस अभियानको आयोजना गरेको कम्पनीले जनाएको छ ।
बुटवल क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रमबीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल, पश्चिम क्षेत्र साथै मध्य र मध्यपश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृतहरू धोज बहादुर खड्का र सुनिल पोखरेलबाट अभियानको उद्घाटन गरिएको थियो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ब्राण्ड एम्बेसेडर महजोडीसँग सहकार्य गर्दै यस अभियानलाई सम्पन्न गर्ने जनाएको छ ।
यस बीमा जागरण अभियानको मूल उद्देश्य आम मानिससम्म बीमाको पहुँच पु¥याउने साथै यसका फाइदा, यसमा रहेको रोजगारीको अवसरको चेतना विकास गर्दै, विभिन्न स्थानीय तहमा व्यावसायिक अभिकर्ता निर्माण गर्नु हो । मानिसले जे चिज बढी कल्पना गर्दछ प्राय त्यही चिज प्राप्त गरिरहेको हुन्छ । त्यस्तै, यस चुनौतीपूर्ण समयमा चुनौतीप्रति मात्र केन्द्रित नभएर सुनौलो दिन बनाउने उधेश्य लिएर त्यसप्रति बढी केन्द्रित रहँदा सुनौला दिन पनि अवश्य हासिल गर्न सकिन्छ ।
जीवनको अप्ठे्रो समयमा सबैभन्दा धेरै काम लाग्ने चिज नै जीवन बीमा हो र संकटको समयमा यसबाट नै बढी मद्दत मिल्दछ । त्यसैले, बीमा विलासिता हैन अनिवार्य आवश्यकता हो भन्ने जनचेतना जगाउने उद्देश्यका साथ यस आर्थिक वर्षको बाँकी रहेका १०० दिनलाई सुनौलो बनाउन कार्यक्रम अगाडि बढाउन केन्द्रित रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया