Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकिसान लघुवित्तको लाभांश पारित

किसान लघुवित्तको लाभांश पारित


काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । -याकेट इभेन्टस, बूढानीलकण्ठ, काठमाडौंमा सम्पन्न भएको सो सभाले प्रस्तावित सात प्रतिशत बोनस सेयर र सोबापत लाग्ने कर प्रयोजनको लागि शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश गरी कुल सात दशमलव ३६ प्रतिशत लाभांश पारित गरेको छ ।

बोनस सेयर जारीपश्चात् कम्पनीको चुक्ता पुँजी ५० करोड ४३ लाख ६६ हजार चार सय ६७ रुपैयाँ पुग्ने कम्पनीका अध्यक्ष लोकराज शर्माले बताए । साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, २०७९ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण स्वीकृत गर्नुका सार्थ आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ ।

सभाले हाल कायम रहेको संस्थापक तथा सर्वसाधारण सेयरधनीहरूको सेयर स्वामित्वमा संशोधन गर्ने निर्णय गर्दै थप सार्वजनिक सेयर निष्काशन गर्ने प्रस्तावलाई समेत पारित गरेको छ । बोनस सेयर र थप सार्वजनिक निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी ६४ करोड २३ लाख पुग्नेछ ।

साधारणसभाले अन्य लघुवित्तसँग एक आपसमा गाभ्ने गाभिने कार्यका लागि बाटो खुला गर्नेसम्बन्धी प्रस्तावलाई पनि पारित गरेको छ । धनगढी, कैलालीमा केन्द्रीय कार्यालय रहेको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्पोट कार्यालय, बूढानीलकण्ठ, काठमाडांैमा रहेको छ । हाल लघुवित्तले एक सय ३७ वटा शाखामार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया