जर्मनीमा मूल्यवृद्धि सामान्य घट्यो
जर्मनी । जर्मनीको वार्षिक मुद्रास्फीति छ प्रतिशतभन्दा माथि नै कायम भएको छ । उपभोक्ता मूल्य सूचकांक (सीपीआई)द्वारा मापन गरिएकोे वार्षिक मुद्रास्फीति अगस्टमा छ दशमलव एक प्रतिशत पुगेको संघीय तथ्यांक कार्यालयले जनाएको छ । यो जुलाइमा भन्दा शून्य दशमलव एक प्रतिशत विन्दुले कम हो । जुलाइमा जर्मनीको मुद्रास्फीति छ दशमलव दुई प्रतिशत थियो ।
जर्मनीमा अगस्टमा मूल्यवृद्धि छ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको थियो । युक्रेनमा रुसको आक्रमणपछि बढेको ऊर्जाको मूल्यले जर्मनीमा उपभोक्ता मूल्यहरू बढेको थियो । जब ऊर्जाको मूल्य उच्चतम विन्दुबाट घट्न थाल्यो त्यसपछि सेवा लागत र खाद्यान्नको मूल्यले मुद्रास्फीतिमा ‘फिड’ गरिरहेको छ ।
युरोपियन सेन्ट्रल बैंकले ‘रेड–हट’ मुद्रास्फीतिलाई कम गर्न सन् २००१ पछिको उच्चतम स्तरमा ब्याजदर बढाएको छ । ईसीबीका अध्यक्ष क्रिस्टिन लागार्डले आक्रामक दरलाई रोक्न सकिने संकेत गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया