Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वका झण्डै आधा कामदारको रोजगारी संकटमा

विश्वका झण्डै आधा कामदारको रोजगारी संकटमा


लन्डन, वैशाख २१
अनौपचारिक क्षेत्रका कार्यरत विश्वका झण्डै एक अरब ६० लाख कामदारहरुको रोजगारी संकटमा परेको पाइएको छ । यो संख्या कुल कामदारको झण्डै आधा संख्या भएको संयुक्त राष्ट्रसंघीय निकायहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को तथ्यांक अनुसार उनीहरूले अहिले नै बेरोजगारीको संकट भोगिसकेका छन् । विश्वभरी महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि अनौपचारिक क्षेत्रका मजदुरहरू मर्कामा परेका हुन् ।

अनौपचारिक क्षेत्रअन्तर्गत पर्ने उत्पादन व्यापारलगायतका क्षेत्रमा काम गर्ने कामदारहरु ‘गम्भीर संकट’मा परेको सङ्गठनले जनाएको छ । कोरोना भाइरसको संक्रमण विश्वभरी फैलिएपछि सङ्गठनले विश्वभरी गरेको सर्वेक्षणको बुधबार सार्वजनिक भएको तेस्रो संस्करणमा यस्तो विवरण उल्लेख गरिएको छ ।

विश्वभरी झण्डै तीन अरब तीन करोड कामदार भएको जनाइएको छ । ती मध्ये दुई अरबले औपचारिक क्षेत्रमा काम गर्ने गरेका छन् भने बाँकी अनौपचारिक क्षेत्रमा कार्यरत कामदारको रुपमा रहेका छन् । कोरोनाका कारण संकटमा परेकाहरू अधिकांश शारीरिक श्रम गर्नेहरु रहेको अध्ययनबाट देखिएको छ । उनीहरूले आम्दानी गुमाएकाले जीवन धान्न पनि समस्या हुने गरेको पाइएको र यसले उनीहरुलाई ठूलो घाटा भएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कोरोना फैलिने डरले लकडाउनको घोषणा गरिएको ठाउँमा मजदुरहरुलाई बढी समस्या परेको छ । त्यसको तुलनामा लकडाउन नभएका ठाउँमा असर कम परेको छ । त्यसैगरी प्रभावित भएकामध्ये अफ्रिका र अमेरिकामा ८० प्रतिशत, युरोप र मध्य एसियामा ७० प्रतिशत र एसियामा २१.६ प्रतिशत कामदारहरूले मात्रै काम गरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x