Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारट्विटरका कर्मचारीले अब घरबाटै काम गर्न पाउने

ट्विटरका कर्मचारीले अब घरबाटै काम गर्न पाउने


अमेरिका, जेठ १
चर्चित सामाजिक संजाल ट्विटरले आफ्ना कर्मचारीलाई अरु बेला पनि घरबाटै काम गर्न दिने भएको छ । ट्विटरका अधिकांश कर्मचारी विश्व महामारी कोरोनाभाइरसका कारण अहिले घरैबाट काम गरिरहेका छन् । मंगलबार आफ्ना कम्पनीका कर्मचारीहरुलाई ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले जीवनभर घरैबाट काम गर्न दिने बताएका हुन् । ट्विटरका प्रवक्ताले पनि यस विषयलाई पुष्टि गरेको द गार्जियनले उल्लेख गरेको छ । कोरोना भाइरसको प्रकोपसँगै विगत २–३ महिनायता ट्विटरले आफ्ना कर्मचारीलाई घरैबाट काम गर्न दिइरहेको छ । यतिबेला भने ट्विटरले कर्मचारीले जीवनभर घरैबाट काम गर्न दिने सुविधा प्रदान गरेको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x