Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारहमासद्वारा थप १७ बन्धक रिहा

हमासद्वारा थप १७ बन्धक रिहा


गाजा । प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले दोस्रो चरणमा १३ जना इजरायली र चार जना थाई नागरिकलाई रिहा गरेको छ । इजरायलले पनि थप ३९ जना प्यालेस्टिनी बन्दी रिहा गरेको जनाएकोे छ ।

कतार र इजिप्टको मध्यस्थतापछि बन्धक बनाइएकाहरुलाई मुक्त गर्न सहमत भएको हमासले उनीहरुलाई रेडक्रससमक्ष हस्तान्न्तरण गरेको हो । स्थानीय समयअनुसार शनिबार अपराह्न ४ बजे उक्त आदानप्रदान हुने तय भएको थियो तर इजरायलले चार दिने मानवीय युद्धविराम सम्झौताका सर्तहरू पूरा गर्न असफल भएको आरोप हमासले लगाएपछि कैदी तथा बन्दीहरूको आदानप्रदान केही घण्टा ढिला भएको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया