Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएडीबीद्वारा बंगलादेशलाई ४० करोड डलर ऋण स्वीकृत

एडीबीद्वारा बंगलादेशलाई ४० करोड डलर ऋण स्वीकृत


ढाका । एसियाली विकास बैंक (एडीबी)ले उसको राष्ट्रिय अनुकूल योजना (२०२३–२०५०) तथा पेरिस सम्झौतामा राष्ट्रियरूपमा निर्धारित योगदानको २०२१ अद्यावधिकलाई लागू गर्न बंगलादेशलाई ४० करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको छ ।

शुक्रबार स्वीकृत गरिएको नीतिमा आधारित उक्त ऋण सहयोग जलवायुकेन्द्रित समावेशी विकास हासिल गर्न पेरिस सम्झौतामा राष्ट्रियरूपमा निर्धारित योगदान हो ।

उक्त ऋण सांकेतिक ७० करोड अमेरिकी डलरको जलवायु उत्थान तथा समावेशी विकास कार्यक्रमको पहिलो हिस्सा हो । यसले बंगलादेशलाई उसको जलवायु क्षेत्रलाई संरक्षण गरी कार्बन तथा हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याई मूलधारको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा मद्दत गर्ने लक्ष्य लिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘जलवायुको झट्काले बंगलादेशको विकास र गरिबी उन्मूलनलाई गम्भीररूपमा अवरोध पु¥याइरहेको छ, जलवायु कार्यका लागि वित्तीय व्यवस्थाको धेरै आवश्यकता छ, बंगलादेश यो चुनौतीको सामना गर्नका लागि दृढ प्रतिबद्ध छ र एडीबी यो क्षेत्रको जलवायु बैंकका रूपमा बंगलादेशलाई उसको प्रयासहरूमा सहयोग गर्न तयार छ’, एडीबीको सार्वजनिक व्यवस्थापनका प्रमुख अर्थशास्त्री अमिनुर रहमानले भने ।

एडीबीले जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट बंगलादेश विश्वको सबैभन्दा जोखिममा परेको मुलुक भएको र वार्षिक औसतमा तीन अर्ब डलरको नोक्सानी हुने गरेको बताएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया