Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोइलाखानी दुर्घटनामा १० जनाको मृत्यु, ६ बेपत्ता

कोइलाखानी दुर्घटनामा १० जनाको मृत्यु, ६ बेपत्ता


चीन । मध्यचीनको हेनान प्रान्तको पिङडिङसान सहरस्थित कोइला खानीमा शुक्रबार दिउँसो भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य छ जना बेपत्ता रहेको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

दुर्घटना दिउँसो करिब तीन बजे बजे भएको थियो । पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा शुक्रबार कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । दुर्घटना हुँदा जम्मा चार सय २५ जना कामदारहरू काम गरिरहेको जानकारीमा आएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया