Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअफगानिस्तानमा ११० वटा विकास परियोजना सुरु

अफगानिस्तानमा ११० वटा विकास परियोजना सुरु


काबुल । अफगानिस्तानको कामचलाउ सरकारको सार्वजनिक निर्माण मन्त्रालयले मार्च २१, २०२३ देखि हालसम्म १ सय १० भन्दा बढी विकास तथा मर्मत सम्भार परियोजना सुरु गरेको मन्त्रालयका प्रवक्ता अशरफ हकशेनासले बताएका छन् ।

हकशेनसलाई उद्धृत गर्दै टोलोन्यूजले आइतबार प्रकाशित गरेको समाचारअनुसार विगत १० महिनामा दुई अर्ब अफगानी (एक अमेरिकी डलर बराबर ७० अफगानी रूपैया) मूल्यका ९० भन्दा बढी मर्मतसम्भार परियोजना सम्पन्न भएका छन् । हकशेनासका अनुसार सुरु गरिएका परियोजनामा देशका विभिन्न भागमा करिब एक हजार किलोमिटर सडक, ३० वटा पुलका खम्बा, जलाशययुक्त बाँध र सुरक्षात्मक पर्खाल निर्माण भएका छन् । काबुल–कान्दाहार राजमार्ग, अफगान रिङरोड निर्माण र अफगानिस्तानको राष्ट्रिय राजधानी काबुललाई नौ वटा उत्तरी प्रान्तसँग जोड्ने सलाङ सुरुङको पुनर्निर्माण सार्वजनिक कार्यका लागि मन्त्रालयको उपलब्धिमध्ये एक हो ।

यसैबीच, उपअर्थमन्त्री अब्दुल लतिफ नजरीले प्रशासनले आर्थिक चुनौतीहरू पार गर्न र रोजगारीका अवसरहरू सिर्जना गर्ने प्रयासमा रेलवे, राजमार्ग, ऊर्जा विकास र खानी र पारदर्शी निकासीजस्ता पूर्वाधार परियोजनाहरू सुरू गर्ने बताए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया