Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसुडानमा युद्धबाट ७४ लाख व्यक्ति विस्थापित

सुडानमा युद्धबाट ७४ लाख व्यक्ति विस्थापित


खार्तुम । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालयले सुडानमा युद्धबाट विस्थापित भएका व्यक्तिको संख्या ७४ लाखभन्दा बढी पुगेको जनाएको छ ।

सन् २०२३ अप्रिल १५ मा सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेसबीचको लडाइँ सुरु भएदेखि सुडानमा ७४ लाखभन्दा बढी मानिसहरू विस्थापित भएको मानवीय राष्ट्रसंघीय कार्यालयले जनाएको छ ।

गत महिनामा सुडानमा विस्थापित मानिसहरूको संख्या करिब छ लाख ११ हजारले बढेको छ । विस्थापित हुनेमध्ये धेरैजसो गेजिरा र अन्य राज्यहरूबाट भर्खरै विस्थापित भएका व्यक्ति हुन् । बाली उत्पादन क्षेत्रहरूमा एसएएफ र आरएसएफबीचको लडाइँको विस्तारले मध्य र पूर्वी सुडानमा मानवीय आवश्यकताहरूमा उल्लेखनीय वृद्धि गरेको संयुक्त राष्ट्रसंघीय कार्यालयले जनाएको छ ।

असुरक्षा, लुटपाट, खराब नेटवर्क र फोनको सम्स्या, नगदको अभाव, र सीमित प्राविधिक र मानवीय कर्मचारीहरूले सहायताको वितरणलाई असर गरिरहेको राष्ट्रसंघीय कार्यालयले जनाएको छ । सन् २०२४ को आइतबारसम्म सुडानमा मानवीय आवश्यकता र प्रतिक्रिया योजनाका लागि ३.१ प्रतिशत मात्र छुट्ट्याइएको छ ।

सुडानले १५ अप्रिल २०२४ देखि एसएएफ र आरएसएफबीचको घातक झडपहरू खेपिरहेको छ । युद्धमा अहिलेसम्म १२ हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय कार्यालयले अनुमान गरेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया