Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय सेयरबजारमा उच्च गिरावट

भारतीय सेयरबजारमा उच्च गिरावट


नयाँदिल्ली । भारतीय सेयरबजारमा बुधबार उच्च गिरावट आएको छ । भारतका प्रमुख सेयरबजार सूचक ‘बीएसई सेन्सेक्स’ दुई दशमलव २३ प्रतिशत र ‘निफ्टी ५०’ दुई दशमलव शून्य नौ प्रतिशतले घटेका छन् । यो गिरावट १८ महिनायताकै उच्च भएको बताइएको छ ।

भारतीय सेयरबजारमा मंगलबार पनि सूचक घटेको थियो । सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक भइरहेको र अधिकांश कम्पनीको नाफामा कमी आएका कारण बजारमा दबाब परेको बताइएको छ । बीएसईमा सबै सूचीकृत कम्पनीहरुको बजार पुँजीकरण चार दशमलव ५३ लाख करोडले घटेर तीन सय ७० दशमलव ४२ लाख करोड रुपैयाँमा कायम भएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया