‘भाइरस र विरोधले अमेरिकामा विद्यमान जातीय विभेदको दुरवस्था देखाउँछ’
न्युयोर्क, जेठ २१
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको महामारीको असङ्गत प्रभाव र जर्ज फ्लोयडको मृत्युलाई लिएर भएको प्रदर्शनले ‘स्थानीय असमानता’लाई उजागर गरेको संयुक्त राष्ट्रसंघ मानव अधिकार उच्च आयुक्तले मंगलबार बताएका छन् । उनले यो असमानतालाई सम्बोधन गरिनुपर्नेमा जोड दिएका छन् ।
‘यो भाइरसले लामो समयदेखि बेवास्ता गरिराखिएको ‘स्थानीय असमानता’लाई बाहिर ल्याइरहेको छ’, संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्च आयुक्त मिसेल बाचलेटद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ । उनले भनिन्, ‘संयुक्त राज्य अमेरिकामा जर्ज फ्लोयडको ‘मृत्यु’लाई लिएर विरोध भइरहेको छ । यो विरोधले प्रहरीले वर्णका आधारमा गरेको हिंसाको मात्र प्रतिनिधित्व गरिरहेको छैन । स्वास्थ्य, शिक्षा, रोजगारी र स्थानीय जातीय विभेदलाई पनि उजागर गर्दछ ।’
थुनामा रहेकै समय अफ्रिकी मूलका अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा हिंसा भड्किएको छ । देशभरका विभिन्न शहरमा प्रदर्शन हुन थालेपछि स्थानीय सरकारहरूले करिब ४० सहरमा निषेधाज्ञा जारी गरेका छन् । केही दिनदेखि भइरहेका देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । त्यस्तै प्रदर्शनमा सहभागी हजारौँ व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउमध्ये केहीलाई प्रहरीले छोडिदिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया