Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसंसदको बैठक बोलाउन भारतीय कांग्रेसका नेताको माग

संसदको बैठक बोलाउन भारतीय कांग्रेसका नेताको माग


नयाँ दिल्ली, जेठ २८
भारतीय कांग्रेसका एक नेताले भारतीय संसदको बैठक बोलाउन प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष माग गरेका छन् । भारतीय कांग्रेसका नेता दिगविजय सिंहले सो माग गरेका हुन् । उनले प्रधानमन्त्री मोदीले जतिसक्दो चाँडो बैठक बोलाउन माग गरेका छन् । उनले भारतीय भूमिमा पछिल्लो चिनियाँ सेना प्रवेश गरेको भन्दै त्यस विषयमा आवश्यक छलफल गर्नका लागि पनि प्रधानमन्त्री मोदीले भारतको संसद बैठक बोलाउनुपर्ने माग गरेका हुन् । नेता सिंहले यस विषयमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले केही नबताएको भन्दै यस विषयमा संसदमा छलफल गर्नु आवश्यक रहेकोले संसदको बैठक बोलाउनुपर्ने बताए ।

चीन र भारतको सीमा क्षेत्र लदाखमा चिनियाँ सेनाको घुसपैठ भएको आरोप लगाउँदै यस विषयमा भारतीय संसदमा आवश्यक छलफल गर्नुपर्ने माग काँग्रेस नेताले गरेका हुन् । मंगलबार आफ्नो ट्विट अकाउन्टमा उनले सो माग राखेका हुन् । उक्त क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेको आरोप भारतले लगाएको छ भने चीनले यस आरोपको खण्डन गर्दै आएको छ । उक्त क्षेत्रमा सेनाको उपस्थितिका विषयलाई लिएर भारत र चीनबीच केही समययता विवाद पनि हुदै आएको छ । (रासस/एएनआई)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x