Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटाटा मोटर्सले विद्युतीय सवारीसाधनमा डेढ खर्ब लगानी गर्ने

टाटा मोटर्सले विद्युतीय सवारीसाधनमा डेढ खर्ब लगानी गर्ने


नयाँ दिल्ली । भारतीय सवारीसाधन निर्माता टाटाले विद्युतीय सवारीसाधनमा दुई अर्ब अमेरिकी डलर (डेढ खर्ब भारु) लगानी गर्ने भएको छ । कम्पनीले आगामी चार वर्षभित्र उक्त क्षेत्रमा लगानी गर्ने भएको हो ।

यो अवधिमा १० नयाँ विद्युतीय सवारीसाधन बजारमा ल्याउने कम्पनीको तयारी छ । केही वर्षअघि घाटामा रहेको कम्पनीको प्यासेन्जर भेहिकल डिभिजनले यो नतिजा उल्ट्याउने आशा गरेको छ । एउटा निजी स्वपुँजीसम्बन्धी कम्पनी टीपीजी राइज क्लाइमेटले टाटा मोटर्सको प्यासेन्जर इलेक्ट्रिक भेहिकलमा एक अर्ब डलर लगानी गर्ने बताएसँगै कम्पनीले लगानी गर्नलागेको हो । टाटाको प्यासेन्जर इलेक्ट्रिक भेहिकल्स डिभिजनको कुल मूल्यांकन नौ अर्ब १० करोड डलर मूल्यांकन गरी उक्त कम्पनीले लगानी गर्नलागेको बताइएको छ ।

टाटा मोटर्सको प्यासेन्जर भेहिकल्स बिजनेस युनिटका अध्यक्ष शैलेश चन्द्रले पनि कम्पनीसँग ठूला विद्युतीय सवारीसाधन बजार ल्याउने बलियो योजना रहेको बताए । आगामी चारदेखि पाँच वर्षसम्ममा कुल बिक्रीको २० प्रतिशत हरित ऊर्जाले ओगट्ने कम्पनीको आशा रहेको उल्लेख गरे । टाटाले अहिले दुई विद्युतीय कार बजारमा ल्याएको छ । नेक्सन र टिगोर ईभी बजार पुगेका छन् । यी कारको प्रतिमहिना बुकिङ तीन हजारदेखि ३५ सय युनिटसम्म रहेको छ ।

माग यस्तो रहँदा कम्पनीले भने अहिले एक हजार युनिटवरिपरि मात्रै डेलिभर गर्न सकेको छ । त्यही कारण कम्पनीले अहिले लगानीकर्ता खोजिरहेको उनले बतााए । विद्युतीय सवारीसाधनका लागि मात्रै कम्पनीले दुई अर्ब अमेरिकी डलर लगानी भित्र्याउन खोजिरहेको छ । यसबाटै १० वटा नयाँ विद्युतीय गाडी ल्याउन सकिने कम्पनीको ठम्याइ छ । यसबाहेक उक्त लगानीले उत्पादन क्षमता, चार्जिङ पूर्वाधार र बौद्धिक सम्पत्ति निर्माण गर्न सकिने उनले बताए ।

गत सेप्टेम्बरमा कम्पनीले आफ्ना विद्युतीय उत्पादन १० हजार युनिट बिक्री भएको र त्यसमा पनि नेक्सनको योगदान ठूलो रहेको बताएको थियो । भर्खरैमात्र कम्पनीले विद्युतीय सेडान कार टिगोरको अपग्रेड गरेको थियो । यसले माग बढाउने कम्पनीको आशा छ । यो त छँदै छ कम्पनीले अहिलेकै डिजेल र पेट्रोलमा चल्ने केही कारलाई पनि विद्युतीयमा रुपान्तरण गर्नेबारे सोचिरहेको टाइम्स अफ इन्डियाले जनाएको छ । त्यसमा अल्ट्रोज ह्याचब्याक र भर्खरै लन्च भएको मिनि एसयूभी पन्च पनि रहेको छ ।

चन्द्रका अनुसार १० नयाँ उत्पादनहरु भने एसयूभी र मिश्रित कारहरु हुनेछन् । यी सबै पूर्ण विद्युतीय कार हुनेछन् । टाटा मोटर्सको प्यासेन्जर भेहिकल बिक्री पनि पछिल्लो समय बढिरहेको छ । नेक्सन एसयूभी, टियागो र अल्ट्रोज तथा अफरोड गाडीहरु ह्यारियर र सफारीको बिक्री पनि बढिरहेको कम्पनीले जनाएको छ । केही उत्पादन सेमिकन्डक्टर चिपको अभावमा होल्ड भए पनि कम्पनीले एक महिनामा औसतमा ३० हजार युनिट सवारीसाधन बिक्री गरिरहेको बताइएको छ । त्यसमा पन्च थपिँदा औसतमा कम्पनीले ४० हजार युनिट पु¥याउनसक्छ । यसले भारतमा हुन्डाईको दोस्रो ठूलो कार बिक्रेताको स्थान धरापमा पार्न सक्ने आकलन छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया