Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारतिब्बतमा सन् २०२१ मा एक लाख २० हजार किमि सडक निर्माण

तिब्बतमा सन् २०२१ मा एक लाख २० हजार किमि सडक निर्माण


चीन । सन् २०२१ मा दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा कुल एक लाख २० हजार किलिोमिटरभन्दा बढी सडक यातायात सञ्चालनका लागि खोलिएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन् ।

तिब्बतमा सन् २०२१ मा पाँच नगर र ६७ प्रशासनिक क्षेत्रले सडकको पहुँच विस्तारका लागि अग्रणी तथा कडा मिहिनेत गरेका बताइएको छ । ती नगर तथा प्रशासनिक क्षेत्रको अथक मिहिनेतपछि गत बर्षको अन्तसम्ममा तिब्बत क्षेत्रका कुल शहरहरूमध्ये ९४.५५ प्रतिशतलाई जोड्न र कुल प्रशासनिक क्षेत्रहरूमध्ये ७७.९४ प्रतिशत क्षेत्रलाई जोड्न सफल भइएको तिब्बत क्षेत्रीय यातायात विभागले पुष्टि गरेको छ ।

तिब्बतले सडक यातायातको लागि निश्चित सम्पत्तिमा २०.१ अर्ब युआन (लगभग ३.२ अर्ब अमेरिकी डलर) मूल्यको लगानी पूरा गरेको विभागका प्रमुख जु वेनकियाङले बताए । विभागले सन् २०२२ मा २१.६ अर्ब युआनभन्दा बढी मूल्यको यातायातमा लगानी पूरा गर्ने लक्ष्य राखेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया