घरको छत खस्दा एकै परिवारका नौ जनाको मृत्यु
इस्लामावाद । पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास सहरस्थित एउटा घरको छत खस्दा नौ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त सहरको बोनार्डास क्षेत्रमा आज बिहान भएको उक्त घटनामा एकै परिवारका नौ जनाको मृत्यु भएको प्रहरीले सञ्चारमाध्यमलाई बताएको छ ।
छत खसेलगत्तै स्थानीयवासी घटनास्थलमा पुगेका र करिब दुई घण्टाको प्रयासपछि शव निकालिएको प्रहरीले जनाएको छ । उद्धारकर्मी र स्थानीय अधिकारीहरूले शवहरूलाई स्थानीय अस्पताल परीक्षणका निम्ति पु-याएका थिए । यसैबीच, भारतको दक्षिणी राज्य आन्द्र प्रदेशमा आइतबार एउटा बस पहाडबाट खस्दा १० जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । दुर्घटना आन्द्र प्रदेशको अल्लुरी सीताराम राजु जिल्लामा भएको हो ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस विशाखापट्टनम सहरबाट एएसआर जिल्लाको पडेरु क्षेत्रतर्फ गइरहेको थियो । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । रासस/सिन्ह्वा
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया