सन् २०२२ मा एयरबसले ग-यो साढे छ सय व्यावसायिक विमान उत्पादन
ब्रसेल्स । एयरबसले सन् २०२२ मा ६६१ वटा व्यावसायिक विमान ग्राहकलाई उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार सन् २०२२ मा ८४ ग्राहकका लागि छ सय ६१ विमान हस्तान्तरण गरिएको हो । यो संख्या सन् २०२१ को तुलनामा ८ प्रतिशतले बढी रहेको सिन्ह्वाले जनाएको छ ।
सन् २०२२ मा कम्पनीको ‘ए ३२०’ सबैभन्दा लोकप्रिय विमान प्रकार बनेको छ । यो नमूनाका विमानहरू विश्वभर पाँच सय १६ वटा ग्राहकलाई हस्तान्तरण गरिएको थियो । यद्यपि, उक्त अवधिमा कम्पनीको नयाँ नमूनाको विमान ‘ए ३५०’ भने ६० वटा बजारमा पठाइएको थियो ।
एयरबसका प्रमुख कार्यकारी अधिकृत गुयलाउम फाउरीले व्यावसायिक विमानको आपूर्ति लक्ष्यभन्दा कम भएको बताए । एयरबसले सन् २०२२ मा एक हजार ७८ नयाँ विमानका लागि निवेदन दता भएको र डिसेम्बर अन्त्यसम्ममा सात हजार विमान निर्माणको क्रममा विभिन्न अवस्थामा रहेको उनको भनाइ छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया