Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारनीति उल्लंघन आरोपमा टेन्सेन्टका सय बढी कर्मचारी कारबाहीमा

नीति उल्लंघन आरोपमा टेन्सेन्टका सय बढी कर्मचारी कारबाहीमा


बेइजिङ । चिनियाँ विशाल प्रविधि कम्पनी टेनसेन्टले कम्पनीको नीति उल्लंघन गरेको आरोपमा १०० भन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको जनाएको छ ।

हङकङमा सूचीकृत कम्पनी विश्वको शीर्ष भिडियो गेम निर्माता र चिनियाँहरूको लोकप्रिय सामाजिक सञ्जाल विच्याटको लगानीकर्ता हो । यस कम्पनीले विश्वभर इन्टरनेट, सूचना प्रविधि तथा कम्प्युटर र अन्य प्रविधिका लागि पुर्जा आपूर्ति पनि गर्छ । तर सन् २०२० को अन्त्यमा चीनको प्रविधि क्षेत्रमा नियम तथा कानुन उल्लंघन गरेको आरोपमा व्यापक दमनको सामना गरिरहेको छ ।

गत नोभेम्बरमा लगातार दोस्रो त्रैमासिक रूपमा आम्दानीमा गिरावट आएको कम्पनीले एक विज्ञप्ति जारी गर्दै १०० भन्दा बढी कर्मचारीलाई आफ्नो जालसाजी विरोधी नीतिको उल्लंघन गरेको आरोप लगाएको छ । तीमध्ये १० जनाभन्दा बढीलाई चीनको सार्वजनिक सुरक्षा निकायमा स्थानान्तरण गरिएको छ ।

‘कम्पनीभित्र भ्रष्टाचार र धोखाधडीको समस्याको प्रतिक्रियामा, टेन्सेन्टको जालसाजी अनुसन्धान विभागले आफ्नो कारबाहीलाई सशक्त पार्दै सामान्य समस्यासँगै उल्लंघनको श्रृंखलाको अनुसन्धान र सामना गरेको छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘सन् २०२१ को तुलनामा सन् २०२२ मा अनुसन्धान र कारबाहीमा परेका मुद्दा र कर्मचारीको संख्यामा वृद्धि भएको छ’, विज्ञप्तिमा भनिएको छ । ती अभियुक्तहरूले कम्पनीको रकम हिनामिना गरेको र घूस लिएको पाइएको छ, जसमा धेरै लाई प्रहरीमा पठाइएको छ र केहीलाई अदालतले समेत दोषी ठहर गरेको छ । बर्खास्त गरिएका र भ्रष्टाचारको आरोप लगाइएकामध्ये धेरै कम्पनीको समाचार, खेलकुद र चलचित्रहरूमा कम्पनीको व्यापक सामग्री उत्पादनको निरीक्षण गर्ने सार्वजनिक परामर्श समूह शाखाको हिस्सा थिए ।

तर उनीहरूले टेनसेन्टका क्लाउड कम्प्युटिङ र फिनटेकलगायत अन्य व्यवसायहरू पनि विस्तार गर्छन् । कम्पनीका अनुसार एक कर्मचारीलाई ‘गैर–राज्यकर्मचारीबाट घुस लिएको’ अभियोगमा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोनी माले गत महिना एक आन्तरिक कर्मचारी बैठकलाई सम्बोधन गर्दै कम्पनीमा भएको भ्रष्टाचारको स्तर ‘आश्चर्यजनक’ भएको बताएका थिए । बेइजिङले भिडियो गेममा नियामकीय कारबाही गरेपछि टेन्सेन्टलाई ठूलो धक्का लागेको छ, जसमा सयौँ फर्महरूले आफ्ना उत्पादनहरूबाट ‘राजनीतिक रूपमा हानिकारक’ सामग्रीहरू हटाउने र सरकारी मागहरू पालना गर्न कम उमेरका खेलाडीहरूमाथि प्रतिबन्धहरू लागू गर्ने प्रतिज्ञा गरेका थिए ।

कम्पनीले पुनरुत्थानको संकेत देखाएसँगै सन् २०१७ पछि क्रमशः कम हुँदै गएको यसको सेयर अक्टोबर २८ देखि हङकङमा यसको शेयर मूल्य लगभग दोब्बर भएको छ । कम्पनीलाई १८ महिनामा पहिलो पटक गत महिना भिडियो गेमको सञ्चालनका लागि स्वीकृति प्रदान गरिएको थियो । यो निर्णयले विश्वको शीर्ष खेल निर्माताको मुनाफामा बाधा पु-याएको सुक्खापनलाई अन्त्य गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया